back
NMB ad

पूँजी बजार सुधार प्रतिवेदन पारित : वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्सका लागि खुल्यो बाटो

Kumari bank ad

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत अर्थसमितिले सांसद रामकुमारी झाँक्री नेतृत्वको उपसमितिले बुझाएको पुँजीबजार तथा मुद्राबजार सुधार सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

प्रतिवेदनमा वाणिज्य बैंकलाई सहायक कम्पनी स्थापना गरेर आवश्यक शर्तसहित ब्रोकर लाईसेन्स दिनुपर्ने लगायतका सुझाब दिइएको छ ।प्रतिवेदन पारित गर्दै अर्थसमिति सभापत्ति कृष्ण प्रसाद दाहालले पुँजीबजारको पँहुच वृद्धि गर्न बैंकलाई आवश्यक सर्तसहित ब्रोकर लाईसेन्स दिनुपर्ने बताउनुभयो ।

सभापति दाहालले पुँजी बजारमा रियल सेक्टरलाई ल्याउन सकेमा कारोबार पारदर्सि एवं जवाफदेही हुने भएकाले यसका लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

१ अर्ब बढीको लगानी भएका निजी कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्नुपर्ने, प्राकृतिक स्रोत तथा साधनको कारोबार गर्ने कम्पनी कारोबारका आधारमा पब्लिक कम्पनीमा जानुपर्ने लगायतका व्यवस्थाका लागि पनि प्रतिवेदनले सुझाएको छ ।

समितिमा पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्ने व्यवस्था गर्न सुझाव दिनुभयो । यस्तै पुर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुँजीबजारलाई थप प्रतिष्पर्धि बनाउन अर्काे स्टक एक्सचेन्ज आवश्यक रहेकोमा जोड दिनुभयो ।

वि.सं.२०७७ असार २६ शुक्रवार १६:०९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...