back
NMB ad

थप ११८ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको हो।

बिहीबार १०८, बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पीसीआर प्रयोगशालामा चार हजार आठ सय ६ जनाको नमुना परीक्षण गरिएको छ।

स्वास्थ्य मन्त्रालयले संक्रमण घट्दै गएको र जनजीवन सामान्य बन्दै जाँदा भिडभाडले अझ खतरा हुने प्रति सचेत गराएको छ। अहिले क्वारेन्टाइनमा २३ हजार नौ सय १० जना रहेका छन् भने आठ हजार ६ सय तीन जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने आठ हजार ११ पुगेको छ।

वि.सं.२०७७ असार २६ शुक्रवार १६:१८ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...