back
NMB ad

बाढीबाट विद्युत् गृहमा क्षति : पाँच सय मेगावाट उत्पादन बन्द

Kumari bank ad

काठमाडौं । दुई दिनदेखि देशभर भएको वर्षात् र बाढीका कारण विद्युत् आयोजनामा क्षति पुग्दा करिब पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ ।

हालसम्म नेपाल विद्युत् प्राधिकरण मातहतका २४० मेगावाट र निजी क्षेत्रका २५० मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अहिले भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीसमेत प्रभावित भएका छन् ।

सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत् गृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव बढ्दै गएकाले विद्युत् गृह कतिबेला सञ्चालन गर्न सकिन्छ भन्ने निश्चित नभएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए।

प्राधिकरणको स्वामित्वका ७० मेगावाटको मध्यमस्र्याङ्दी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत् गृह अहिले बन्द भएका छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीको उत्पादन पनि बन्द भएको छ ।
यस्तै इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षति पुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ । विभिन्न स्थानमा प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुख ढलेर लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या आइरहेको प्राधिकरणले जनाएको छ ।

स्वदेशी उत्पादन आकस्मिक रूपमा बन्द भएपछि कटैया र ढल्केवर हुँदै विद्युत् आयात गर्न लागिएको जनाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बन्द भएका विद्युत् गृह, प्रसारण तथा वितरण लाइन यथाशीघ्र सञ्चालन गरी विद्युत् आपूर्ति व्यवस्थापन गर्न प्राविधिक टोली खटिइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार केही स्थानमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन भइरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

वि.सं.२०७७ असार २७ शनिवार ०८:३८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...