back
NMB ad

सार्वजनिक सवारी चले संक्रमणले भयावह रुप लिने

Kumari bank ad

काठमाडौं । यथास्थितिमा सार्वजनिक सवारीसाधन चलाउँदा राजधानीमा कोभिड–१९ को संक्रमण भयावह हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । सार्वजनिक सवारीसाधन सञ्चालनले संक्रमण विस्तारमा मलजल गर्ने र स्थिति नियन्त्रणबाहिर जान सक्ने उनीहरूले बताएका छन् ।

केही सातायता काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनहुँ थपिँदै छ । शुक्रबारसमेत उपत्यकामा ४२ जना नयाँ संक्रमित फेला परेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले राजधानीमा सार्वजनिक सवारीसाधन खुलेपछि संक्रमण विस्तार बढी हुने बताए । ‘काठमाडौं कोरोनाको हटस्पट बन्नतर्फ उन्मुख रहेका बेला सरकारले केही नियम बनाएर सार्वजनिक सवारीसाधन खोल्ने निर्णय गरेको छ जुन जनस्वास्थ्यका दृष्टिले गलत छ, यसले कोरोना संक्रमण विस्फोट हुन्छ,’ उनले भने, ‘हालसम्म जतिसुकै गाइडलाइन, नियम बनाए पनि कसैले पालना गरेको देखिएन ।’

वीर अस्पतालमा कार्यरत डा. भूपेन्द्र बस्नेतले सम्भावित संक्रमणको विस्तार रोक्न राजधानीकेन्द्रित रणनीतिसमेत आवश्यक रहेको बताए । ‘जनघनत्वको दृष्टिले सबैभन्दा बढी कोरोना संक्रमण विस्तारको जोखिममा उपत्यका छ । यहाँ कोरोनाका केस दिनहुँ बढिरहेकाले नयाँ खालको लकडाउन साउन महिनाभरि चाहिन्छ,’ उनले भने, ‘अहिले सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिनु अत्यन्त घातक हुन्छ, राजधानीमा संक्रमण समुदायमा गयो भने त्यो अत्यन्त ठूलो विपद् हुनेछ ।’ पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्माले सार्वजनिक सवारीसाधन सुरक्षा उपाय अपनाएर खोल्नुपर्ने र यसको कडाइका साथ अनुगमन हुनुपर्ने बताइन् ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले समेत कोरोना संक्रमण हावाबाट फैलिन सक्ने संकेत गरिसकेकाले सार्वजनिक सवारीसाधन सञ्चालनले जोखिम बढाउने विज्ञहरूको भनाइ छ । सार्वजनिक सवारीसाधन चलेपछि जतिसुकै प्रयास गरे पनि कोरोना संक्रमणको विस्तारलाई रोक्न नसकिने उनीहरूको भनाइ छ ।

चिकित्सक संघका अध्यक्ष डा. कार्कीले अझै कम्तीमा एक महिना सार्वजनिक सवारीसाधन बन्द हुनैपर्ने बताए । ‘हाल राजधानीमा चलिरहेका अफिस, रेस्टुरेन्ट आदिमा स्वास्थ्य सुरक्षाको अवस्था हेर्दा आङ सिरिंग हुन्छ,’ उनले भने, ‘हावाबाट कोरोना सर्ने जोखिमबारे समेत कुरा आएको छ ।

स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. पद्मबहादुर चन्दले सार्वजनिक सवारीसाधन सञ्चालनलाई सरकारले हल्का रूपमा लिन नहुने बताए । ‘कसरी सार्वजनिक यातायात खोल्नुपर्ने हो भन्नेमा गम्भीर विश्लेषण हुनुपर्छ । उपत्यकामा सार्वजनिक सवारीसाधन खोल्ने स्थिति आइसकेको छैन ।’ यो समाचार आजको कान्तिपुरले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ असार २७ शनिवार ०८:४८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...