back
NMB ad

कोरोना महामारी : विश्वभर साढे पाँच लाख बढीको मृत्यु, एक करोड २६ लाख संक्रमित, कुन देशमा कति ?

Kumari bank ad

काठमाडौँ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर पाँच लाख ६२ हजार १७ जनाको मृत्यु भएको छ ।हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड २६ लाख १५ हजार ७४९ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै, ७३ लाख २४ हजार ८७० जना भने उपचारपछि निको भएका छन् । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख ३६ हजार ६५२ जनाको मृत्यु भएको छ भने ३२ लाख ९१ हजार ३८७ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ७० हजार ५२४ जनाको मृत्यु भइसकेको छ भने १८ लाख ४ हजार ३३८ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, भारत २२ हजार १४४, इटलीमा ३४ हजार ९३८, स्पेनमा २८ हजार ४०३, फ्रान्समा ३० हजार ४, इरानमा १२ हजार ४४७, बेल्जीयममा ९ हजार ७८१, जर्मनीमा ९ हजार १३०, नेदरल्याण्डमा ६ हजार १३६, टर्कीमा ५ हजार ३२३, स्वीजरल्याण्डमा १ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १६ हजार ६४९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भइसकेको छ । यस्तै, ८ हजार ११ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।

वि.सं.२०७७ असार २७ शनिवार ०९:०६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...