back
NMB ad

अव्यवस्थित शहरीकरण रोक्ने तर्फ सरकारले ध्यानदिइरहेको छ : मन्त्री ढकाल

Kumari bank ad

काठमाडौं । विश्व जनसङ्ख्या दिवस सन् २०२० को उपलक्ष्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुभकामना व्यक्त गर्नुभएको छ । मन्त्री ढकालले शुभकामना सन्देश जारी गर्दै दिवसको शुभकामना दिनुभएको हो ।

प्रत्येक जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवस यस वर्ष कोभिड १९ संक्रमणको पूर्ण अन्त्य गरौं, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौं”भन्ने नाराका नेपालमा पनि मनाइरहेको छ ।

विश्वको जनसङ्ख्या ५ अर्ब पुगेको स्मरण गर्दे सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले जनसङ्ख्यामा देखिएको उतारचढावलाई हस्तक्षेपकारी भूमिकाका साथ सन्तुलनमाल्याउनआवश्यक छ भन्ने महशुस गरि शुरु भएको यो अभियानले आज २५ औं वर्ष पार गरेको छ,कोभिड–१९को संक्रमणका कारण यस वर्षको जनसङ्ख्या दिवसलाई फरक शैलीमा मनाइन्छ, मन्त्री ढकालले शुभकामना सन्देशमा भन्नुभएको छ ।

सन् १९९४ मा जनसङ्ख्या र विकास सम्बन्धी आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी)काआधारमा समग्र विकासकाआयामहरु पहिल्याउने कामको शुरुवातभएको थियो । जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजननअधिकारको पृष्ठपोषण, बालविवाहमाकमी, सुरक्षित मातृत्व लगायतका क्षेत्रमा हामीले ठूलो प्रगति गरेको स्पष्ट पार्नुभएको छ । साथै उहाँले, यो क्षेत्रमाअझै धेरै कार्यहरु गर्न बाँकी रहेको बताउनुभएको छ ।

जनसङ्ख्या विकासको मूलआधार मात्रहोइन, यो देशको अस्तित्व स्थापना गर्ने एक मूलमापक नै हो, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ । सन्तुलित जनसङ्ख्याको वितरण र प्रभावकारी जनसङ्ख्या व्यवस्थापनको मार्गमा जनसङ्ख्याका खासखास सूचकहरुमा सुधार गर्नु पर्ने अवस्था रहेको भन्दै उहाँले सेवा सुविधाकै अभावकाकारण नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाँइसराई गर्नुपर्ने बाध्यताको अन्त्यगर्नकालागि सबै ठाँउमा आवश्यक पूर्वाधारहरुको निर्माण गरी व्यवस्थित बसोबासको व्यवस्थामिलाई अब्यवस्थित शहरीकरण रोक्ने तर्फ सरकारले ध्यानदिइरहेको जानकारी समेत दिनुभएको छ ।

वि.सं.२०७७ असार २७ शनिवार ११:१७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...