काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु १०० ले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुन तोलामा ९१ हजार ६६० रुपैयाँ,चाँदी तोलामा ९८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७७ असार २८ आइतवार ११:०१ मा प्रकाशित