back
NMB ad

कुमारी बैंक र देवः विकास बैंकको आजदेखि एकीकृत कारोबार

Kumari bank ad

काठमाडौं । कुमारी बैंक र देवः विकास बैंकले आइतवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । नेपाल राष्ट्र बैंकबाट असार १० गते अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकीकृत कारोबार शुरु गरेका हुन् ।

देवः विकास बैंकको शून्य दशमलव ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः विकास बैंकलाई प्राप्ति गरेको हो ।

प्राप्ति सम्वन्धि प्रस्ताव कुमारीले जेठ १९ गतेको विशेष साधारण सभामार्फत र देवः विकास बैंकले सोहि दिन सम्पन्न १३ औं वार्षिक साधारण सभामार्फत पारित गराएका थिए ।

सोहि सभाबाट देवः विकास बैंकले ८ दशमलव ५५ प्रतिशत बोनस शेयर पनि पारित गरेको छ । बोनस पश्चात देवः विकास बैंकको चुक्तापूँजी रू. ३ अर्ब ४४ करोड ८७ लाख ४२ हजार पुगेको छ ।

देवः विकास बैंकले तेस्रो त्रैमाससम्म कायम चुक्तापूँजि रू. ३ अर्ब १७ करोड ७१ लाखको आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर दिएको हो ।

कुमारी बैंकको चुक्तापूँजी रू. ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रहेको छ । दुबै बैंक एक भएपछि चुक्तापूँजी रू. १३ अर्ब २८ लाख ७२ हजार पुगेको छ ।

वि.सं.२०७७ असार २८ आइतवार ११:०६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...