back
NMB ad

बजेट विनियोजन नभएपछि विद्युतीय बस खरीद गर्ने योजना अन्योलमा

Kumari bank ad

काठमाडौं । सरकारले खरीद गर्ने भनिएको ३०० ओटा विद्युतीय बस खरीद अन्योलमा परेको छ । गत वर्ष छुट्याइएको बजेट फ्रिज भएको र आगामी आवका लागि बजेट विनियोजन नभएपछि बस खरीद अन्योलमा परेको हो ।

दुई वर्ष पहिले वर्ष सरकारले साझा यातायात सहकारी प्रालिमार्फत बस खरीद गर्न शेयर खरीद गरेको थियो । सोहीअनुसार प्रालिले आवश्यक तयारी गर्दा तोकिएको ‘स्पेसिफिकेसन’ भन्दा फरक भएको भन्दै सरकारले सो रकम फिर्ता गरेको थियो ।

त्यसपछि बस खरीदका लागि आवश्यक तयारी भइरहेको भनिए पनि कोमार्फत र कुन प्रक्रियााट खरीद गर्ने भनी निर्णय हुन सकेको थिएन । अहिले पनि विद्युतीय बस कस्तो खरीद गर्ने भनी छलफल भइरहेको मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए ।

उनका अनुसार अहिले पनि ‘स्पेसिफिकेसन’ मा छलफल भइरहेको छ । देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारी साधनलाई बढवा दिने सरकारले योजना बनाएको छ । उनले भने, ‘यो वर्षको बजेट फ्रिज भयो, आगामी आवमा कुनै निर्णय हुनसक्छ ।’

सरकारले विसं २०७५ पुसमा ३०० ओटा विद्युतीय बस खरीद गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार मन्त्रालयले गत असारमा बस खरीदका लागि साझाको रू.३ अर्बको शेयर खरीद गर्ने निर्णय गरेको थियो । रकम पाएको महीनौंसम्म पनि खरीद प्रक्रिया अघि नबढेको मन्त्रालयले बताएको थियो ।

प्रालिले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । गत वर्ष नै सरकारले खरीद गर्ने विद्युतीय बसलाई लक्षित गरेर विद्युत् प्राधिकरणले विभिन्न स्थानमा चार्जिङ स्टेशन स्थापनाको निर्णय गरेको थियो ।

दुई वर्ष पहिले नै एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा भित्रिएका पाँच ओटा विद्युतीय बसको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बसको संख्या बढाइँदै लगिने बताउनुभएको थियो । सरकारका पछिल्ला तीन वर्षका नीति तथा कार्यक्रममा पनि विद्युतीय बस प्रोत्साहन गर्ने उल्लेख छ ।

नेपाल सरकारसँगै विद्युतीय बस खरीद र सञ्चालनमा प्रदेश सरकार र स्थानीय सरकारलेसमेत चासो देखाएका थिए । नेपाल सरकारको निर्णयसँगै वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरीद गर्न रू. ३० करोड साझालाई दिने निर्णय गरेको थियो ।

यसअघि साझासँगकै सहकार्यमा ठूला क्षमताका बस सञ्चालन गरिरहेका उपत्यकाका पालिकाले पनि विद्युतीय बस खरीदका लागि साझाको शेयर खरीद गरेका थिए ।
काठमाडौं महानगरपालिकाले रू. १० करोड, ललितपुर महानगरपालिकाले रू.५ करोड, महालक्ष्मी नगरपालिकाले रू.२ करोड ५० लाखको शेयर खरीद गरेका थिए ।

अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवका लागि बजेट प्रस्तुत गर्दै गत वर्ष जेठमा विद्युतीय बसलाई प्रोत्साहन गरिने बताएका थिए । काठमाडौं उपत्यका र सातै ओटा प्रदेशको प्रमुख शहर र आसपासका स्थानमा प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा विद्युतीय बस खरीद गरेर सञ्चालनमा ल्याउने सरकारको योजना थियो ।

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै लैजान नेपाल विद्युत् प्राधिकरणबाट विभिन्न स्थानमा चार्जिङ स्टेशनको स्थापना गर्ने पनि चालू आवको बजेटमा उल्लेख छ ।

यातायात क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोग गरेर शहरी क्षेत्रको वायु प्रदूषण कम गर्न भन्दै सरकारले विद्युतीय सवारीसाधन प्रोत्साहनको नीति लिएको हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनले सरकारले सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधन खरीद गर्ने योजना बनाइरहँदा नागरिक पनि विद्युतीय सवारीसाधनमा आकर्षित भइरहेका छन् ।

काठमाडौं उपत्यकामा दुई र चारपांग्रे विद्युतीय सवारीसाधन खरीद गर्नेको संख्या बढिरहेको छ । सन् २०२० सम्म देशभर गुड्ने सवारीसाधनमध्ये २० प्रतिशत विद्युतीय सवारीसाधन पु¥याउने सरकारको लक्ष्य छ ।

सरकारले खरीद गर्ने बस अन्योलमा हुँदा निजी संस्थाले भने विद्युतीय बस शुरु गरेर विस्तारको तयारीसमेत गरिरहेका छन् । सुन्दर यातायात प्रालिले नेपालमै पहिलो पटक दुई ओटा विद्युतीय बस शुरु गरेको थियो ।
बन्दाबन्दी पहिलेसम्म चक्रपथमा प्रालिका चार ओटा बस सञ्चालनमा थिए । चीनबाट थप २५ ओटा बस खरीद गरे पनि कोभिड–१९ का कारण आउन नसकेको प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए ।

वि.सं.२०७७ असार २९ सोमवार १५:०५ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...