back
NMB ad

यसपाली कुनै पनि बैंकका कर्मचारीले बोनस नपाउने

Kumari bank ad

काठमाडौं । यसपाली कुनै पनि बैंकका कर्मचारीले साउन १ गते बोनस नपाउने भएका छन् । कोरोनाका कारण बैंकले पैसा उठाउन नसकिरहेकाले साउन १ गते नै कर्मचारीहरुले बोनस नपाउने भएका हुन् ।

हिजोका दिनहरुमा समय सामान्य भएकोले बैंकमा पैसा सहजै उठ्ने अवस्था थियो । तर अहिले कोरोना भाइरसका कारण पैसा उठ्छ कि उठ्दैन, कहिले उठ्छ भन्ने यकिन छैन । त्यसैले बोनस बाँड्न गाह्रो भएको बैंकर्स संघले जनाएको छ । नगदमा नआएको तथा पाकेको ब्याज आम्दानीलाई राष्ट्र बैंकले रेगुलेटरी रिजर्भमा लैजाने ब्यवस्था छ ।

साथै ऋण तिर्न समय दिए पनि त्यसको जोखिम बहनका लागि निश्चित प्रतिशत नोक्सानी ब्यवस्थापन (प्रोभिजनिङ) गराउने तयारी पनि राष्ट्र बैंकले गरेको छ । त्यसैले मौद्रिक नीति गर्नुपर्ने बाध्यता भएको बैंकर्सको भनाइ छ ।

साउन १ गते नै कर्मचारीलाई बोनस दिने चलन नबिल बैंकले सुरु गरेको थियो । त्यसपछि नबिल बैंकको सिको गर्दै अन्य बैंकले पनि कर्मचारीलाई साउन १ गते निश्चित समयको बोनस दिँदै आएका थिए ।

आर्थिक बर्ष सकिएको भोलिपल्ट बैंकहरुले कर्मचारीलाई निश्चित अवधिको बोनस खातामा हाल्दिने चलन थियो । बैंकले अघिल्लो दिन उठेको पैसाका आधारमा कर्मचारीलाई बोनस दिने चलन थियो ।

वि.सं.२०७७ असार ३० मंगलवार १२:५४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...