back
NMB ad

डिसहोमले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन

Kumari bank ad

काठमाडौं । डिसहोमले सर्वसाधरणका लागि आईपीओ विक्री गर्ने तयारी गरेको छ । कम्पनीले रू. २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको आईपीओ विक्रीको अनुमति माग्दै असार २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

यस कम्पनीको शेयर प्रतिकित्ता रू. १०० मै किन्न पाउने गरि कम्पनीले निवेदन दिएको बोर्डको भनाइ छ । सोमवारनै निवेदन दर्ता गरेको जानकारी बोर्डले दिएपनि बोर्डको वेबसाइटमा भने राखिएको छैन ।

डिसहोमको आईपीओ विक्री प्रवन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको विसं २०७५ पुस २७ गते सम्पन्न भएको साधारण सभाले आईपीओ विक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

सन् २००९ मा स्थापना भएको डिसहोम विसं २०७४ असार १८ गते पब्लिक कम्पनीको रुपमा रूपान्तरण भई आईपीओ निष्कासनको तयारीमा जुटेको हो ।

कम्पनीको २०७५ पुस २७ गते सम्पन्न भएको साधारण सभाले आईपीओ निष्काशन गर्ने निर्णय पारित गरेको थियो । डिसहोम नेपालमा उच्च डिजिटल प्रविधिको टेलिभिजन च्यानलहरुको प्रशारण गर्ने सबैभन्दा ठूलो कम्पनी हो ।

वि.सं.२०७७ असार ३० मंगलवार १५:४० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...