काठमाडौं । नेपालमा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा चार हजार तीन सय ६१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइन २४ हजार सात सय १६ जना छन् । आइसोलेसन ६ हजार ६ सय ९५ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा ३४ जनाले कोरोना जितेका छन् ।
मन्त्रालयका अनुसार १० हजार तीन सय २८ जनाले अहिलेसम्म कोरोना जितेका छन् । यो संख्या कुल संक्रमितमध्ये ६० प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
वि.सं.२०७७ असार ३० मंगलवार १६:१२ मा प्रकाशित