back
NMB ad

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोलाको लाख नजिक

Kumari bank ad

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ तर नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ ।

अन्तिमपटक २५ असारमा सुनको भाउ तोलाकै ९२ हजार ४०० रुपैयाँ पुग्यो । २ दशकअघिसम्म नेपालमा ‘साउनमा सुन किन्नू’ भन्ने गरिन्थ्यो तर अहिले परिस्थिति फेरिएको छ ।

साउने सक्रान्तिको पूर्वसन्ध्यामा नेपाली सुन पसल बन्द प्रायः छन् । अत्यावश्यक पर्नेलेबाहेक सुन किनेका छैनन् । या त भण्डारण गर्ने अर्थात् सुनमा लगानी गरेर सञ्चित गर्नेले अहिले सुन किनिरहेका छन् ।

नेपालमा ९० प्रतिशतभन्दा बढी सुनको व्यापार गरगहनाको प्रयोजनमा हुने गर्छ तर अहिले गरगहना किन्नेभन्दा बेच्ने बढी भएको व्यावसायिको गुनासो छ ।

सामान्य अवस्थामा तोकिएको बिक्री मूल्यमै वा त्यसभन्दा ५०० देखि १ हजार रुपैयाँ सस्तोमा उपभोक्ताबाट बिक्रेताले सुन किन्ने गरेका थिए तर अहिले ५ प्रतिशत मूल्य ह्रास कटाउने गरेको व्यवसायीले नै बताएका छन् । आर्यको संस्कृतिसँग समेत जोडिएको पहेँलो धातुको मूल्य यसरी आकाशिनुको एउटै कारण हो – कोरोना ।

सन् २००८ बाट शुरू भएको वित्तीय संकटका बेला अन्तर्राष्ट्रिय बजारमा चुलिएको सुनको भाउ सन् २०११ को अन्त्यतिर कीर्तिमानी उचाइमा पुगेको थियो । त्यसबेला प्रतिऔंस १८९० अमेरिकी डलर पुगेपछि ओरालो लागेको यो बहुमूल्य धातुको माग अहिले सर्वाधिक बढेको छ । सोमवार १८०२ डलर पुगेको सुनको मूल्य मंगलबार थप ४ डलर उक्लिएको छ ।

अन्तर्राष्ट्रिय बजारको मूल्य शृंखलामा सुनलाई सबैभन्दा महत्त्वपूर्ण वस्तु मानिन्छ । संसारमा सीमित मात्र पाइने अर्थात् ज्यादातर दुर्लभ भएकाले यो धातुको मूल्य उच्च भएको हो । १०० वर्षअघि सुन र अमेरिकी डलरको भाउमा विपरीत सम्बन्ध हुन्थ्यो । अहिले पेट्रोलियम र सुनको मूल्यमा त्यस्तो विपरीत सम्बन्ध देखिन्छ ।

विश्व अर्थतन्त्र चलायमान भएको र संसारभर नै आर्थिक गतिविधि उच्चदरमा बढेको बेला सुनको भाउ सस्तिन्छ । किनकि धनि मानिस सुन बेचेर आर्थिक गतिविधिमा पैसा लगानी गर्न थाल्छन् तर त्यस विपरीत आर्थिक गतिविधि खस्किए, द्वन्द्व र महामारीको अवस्था सिर्जना भयो भने चाहिँ मानिस शेयर, डिबेन्चरदेखि अन्य सम्पत्ति बेचेर सुन किन्न थाल्छन् । किनभने सुन संसारको सबैभन्दा सुरक्षित लगानी मानिन्छ ।

अरु बेला सुन बेच्नुको कारण पनि त्यही हो, सुरक्षित लगानीबाट असाधारण प्रतिफल पाइँदैन । सुनको मात्रै किनेर बस्ने हो भने मान्छेले पैसा कमाउन सक्दैन तर सुनमा गरेको लगानी जस्तोसुकै खराब परिस्थितिमा पनि डुब्दैन भन्ने मान्यता छ । हामीले नेपाली सेयर बजारमा धेरैले कमाएको र गुमाएको देखेका छौं तर सुनमा लगानी गरेर धेरै गुमाउनु परेको छैन ।

अहिले नेपालमा पनि केही व्यवसायीले भारी मात्रामा सुन सञ्चय गर्न थालेको व्यवसायीले बताएका छन् । नयाँ उद्योग, व्यापार व्यवसाय शुरू गर्न अहिले कोही पनि तयार छैनन् । कोरोना महामारीले भविष्यमा कति असर पुग्छ भन्ने आकलनसम्म गर्न नसकेका पुँजीपति बजारमा उपलब्ध सुन किनेर थुपार्न थालेको सुनचाँदी व्यवसायी बताउँछन् ।

‘हामीले जति सुन बजारबाट किन्छौं, त्यो सुन पसलेले मात्रै खपत गर्न सक्दैन । अहिले सुनको बिक्री गर्नेको संख्या ह्वात्तै बढेको छ,’ एक व्यवसायी भन्छन्, ‘यस्ता सुन ठूला सञ्चयकर्ताले किनिरहेका छन् ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पुरानो कीर्तिमानी उचाइ छिचोल्ने अनुमान भएका छन् । त्यस्ता अनुमान सत्य भए भने अहिलेभन्दा पनि सुन महंगिनेछ । त्यसै पनि अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको लगातार अवमूल्यनको मार हामीले खेप्नु परिरहेको छ । भारतीय रुपैयाँ (भारु)सँगको स्थिर विनिमय दर भएकाले नेपाली रुपैयाँ पनि भारुकै हैसियतअनुसार चल्छ । मंगलवार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको सन्दर्भ मूल्य १ सय २० रुपैयाँ ६१ पैसा तोकेको छ । ठीक १ वर्षअघि यो दर १ सय १० रुपैयाँ २० पैसा थियो । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको माग बढ्दै जाने र भारुको माग घट्दै जाने परिपाटीले यस्तो भएको हो ।

सुनको भाउमा पनि अहिले त्यस्तै अवस्था छ । विकास निर्माणको काम, उद्योगधन्दा र नयाँ परियोजना निर्माणका काम अबरुद्ध भएपछि अहिले विश्व बजारमा पेट्रोलियम पदार्थको माग घटिरहेको छ । त्यसैकारण पेट्रोलियममा मात्र होइन, अधिकांश कम्पनीमा लगानी गर्ने लगानीकर्ताले घाटै परेपनि थप घाटाबाट बच्न त्यस्तो लगानी बेचेर सुन किन्न थालेपछि सुन महंगिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो महँगिदो सुनको भाउ अझै उकालो लाग्नसक्ने बताएका छन् ।

वि.सं.२०७७ असार ३१ बुधवार ०७:५४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...