back
NMB ad

खुल्यो रसुवा भन्सार, चीनबाट आयात सुरू

Kumari bank ad

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले भन्सार जाँचपास सुरु गरेको छ । कोरोना भाइरसको प्रभावले गत फागुन महिनाको १५ गतेदेखि बन्द रहेको नाका गत सोमबार एकतर्फी सञ्चालनमा आएपछि भन्सार जाँचपास सुरु भएको हो ।

रसुवागढी नाका हुँदै चीनबाट आएका सामानको आइतबारदेखि भन्सार जाँचपास सुरु भएको हो । रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार आइतबार ५८ लाख रुपियाँ राजस्व उठेको थियो भने सोमबार १२ लाख रुपियाँ राजस्व उठेको छ ।

सिमेन्ट उद्योगका सामान र सोमबार सोलारका सामग्री बोकेका कन्टेनर जाँचपास भएका छन् । एकतर्फी नाका खुलेको एक साता पुगे पनि व्यापारीले आफ्नो सामानको भन्सार जाँचपास गरेका छैनन् । नाकासम्म व्यापारी आउन कठिन भएको छ ।

कामदार र गाडी भाडामा मूल्यवृद्धि भएकोले व्यवसायीले सामान जाँचपासमा ढिलाइ गरेका हुन् । रसुवागढी भन्सार यार्डमा करिब ५० वटा कन्टेनरमा व्यापारीका सामान रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

बन्द रहेको नाका सञ्चालन गर्न चौतर्फी दबाबपछि गत सोमबार चीनले एकतर्फी रूपमा नाका सञ्चालन गरेको थियो । नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् भने आएका सामग्रीलाई नाकाबाट दैनिक आठवटा नेपाली कन्टेनरले सामान लोड गरी भन्सार यार्डसम्म ल्याउने गरेका छन् ।

चिनियाँ पक्षले दैनिक आफ्नो चारवटा गाडीमा रसुवागढी नाकाको मितेरी पुलसम्म सामान ल्याई झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ ।रसुवागढी नाकामा दैनिक २५० भन्दा बढी कन्टेनर तथा सवारी साधन आवतजावत गर्ने गरेका छन् ।

चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । व्यापारीले भने राजस्व असुली गरेअनुरूप सरकारले सडकमार्ग स्तरोन्नति नगरेकोले खराब बाटोमा जोखिममा आवतजावत गर्नुपर्ने गुनासो गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ असार ३१ बुधवार ०८:२० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...