back
NMB ad

शेयर बजार : १४.९० अंकले बढ्यो नेप्से, अर्ब बढीको कारोबार

Kumari bank ad

काठमाडौं । बुधवार नेप्से परिसूचक १४ दशमलव ९० अंक बढेको छ । आर्थिक वर्षको अन्तिम दिन नेप्से १ हजार ३६२ दशमलव ३४ विन्दुमा पुगेर बन्द भएको हो । यस दिन नेप्से १ दशमलव ११ प्रतिशत बढेको छ ।

बुधबार १८९ कम्पनीको ३२ लाख १२ हजार ९२४ कित्ता सेयर कारोबार हुँदा १ अर्ब १६ करोड ४ लाख ९१ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

बुधबार सेन्सेटिभ इन्डेक्स ४ दशमलव शून्य ६ अंकले बढेको छ । सबै भन्दा बढी रकमको कारोबार गर्नेमा एनआइसी एशिया बैंक अग्र स्थानमा छ भने दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

बुधबार एनआइसी एशिया लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ४८ रुपैयाँले बढेको छ । त्यस्तै नबिल व्यालेन्स फण्ड–२ को इकाई मूल्य पनि ९ दशमलव ६३ प्रतिशत वृद्धि भएको छ भने वेष्ट फाइनान्स कम्पनीको सेयरमूल्य ९ दशमलव शून्य ९ प्रतिशत बढेको छ ।

कोरोना संक्रमणका कारण अन्य आर्थिक क्षेत्रहरु सिथिल भएको अवस्थामा नेपालको पूँजीबजार भने यसको प्रभावबाट विस्तारै माथि उठ्न थालेको विश्लेषकको भनाइ छ । लकडाउनका बीच कारोबार भएको पहिलो साता नकारात्मक सर्किट लागे पनि पछिल्लो समय बजार सकारात्मक दिशातर्फ लागेको विश्लेषक बताउँछन् ।

यस दिन ९१ ओटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७५ ओटा कम्पनीको सेयरमूल्य घटेको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा बढी घटेको छ ।

बैंकिङ समूहको २ दशमलव १६ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ४१ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ५१ प्रतिशत, वित्त समूहकोे शून्य दशमलव ५७ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव १४ प्रतिशत, अन्य समूहको १ दशमलव ४२ प्रतिशत र म्युचुअल फण्ड समूहको २ दशमलव १ प्रतिशत परिसूचक बढेको छ ।

त्यस्तै, होटल समूहको ३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ९५ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ५३ प्रतिशत परिसूचक घटेको छ ।

वि.सं.२०७७ असार ३१ बुधवार १५:४९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...