back
NMB ad

आर्थिक वर्ष २०७६/७७ मा बेरुजु रकम ६ खर्ब ६४ अर्ब

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा बेरुजु रकम छ खर्ब ६४ अर्ब कायम भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

हालेखापरीक्षकको ५७औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा विभिन्न संघ, प्रदेश र स्थानीय तह, संघ–संस्थाको ५१ खर्ब ७१ अर्ब ६४ करोडको लेखापरीक्षण भएकोमध्ये छ खर्ब ६४ अर्ब ३४ करोड रकम बराबरको बेरुजु देखिएको हो ।

गत वर्ष यस्तो रकम छ खर्ब ८३ अर्ब ६६ करोड रहेको थियो । गत वर्षको तुलनामा कारबाही गरी टुंगो लगाउनुपर्ने रकम २.८१ प्रतिशतले घटेको कार्यालयले जनाएको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार संघीय सरकारको बेरुजु ७० अर्ब ६९ करोड अर्थात् ४.०५ प्रतिशत देखिएको छ । यस्तै, सबै जिल्ला समन्वय समितिको ३६ अर्ब ४९ लाख अर्थात् २.७७ प्रतिशत तथा प्रदेश मन्त्रालय तथा निकायको आठ अर्ब १९ करोड अर्थात् ४.३ प्रतिशत बेरुजु रहेको छ ।

यस्तै, स्थानीय तहमा ३८ अर्ब १२ करोड अर्थात् ५.११ प्रतिशत र संगठित संस्थाको ११.९५ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय र भौतक पूर्वाधार तथा यातयात मन्त्रालयको बेरुजु सबैभन्दा उच्च देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । अर्थ मन्त्रालयको सबैभन्दा बढी २६ प्रतिशत, भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयको २० प्रतिशत तथा रक्षा मन्त्रालयको १२ प्रतिशत बढी बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, प्रदेशतर्फ सबैभन्दा बढी प्रदेश नम्बर–२ को ७ प्रतिशत तथा सबैभन्दा न्यून वाग्मती प्रदेशको २.५ प्रतिशत रहेको छ । स्थानीय तहमा भने महोत्तरीको सम्सी गाउँपालिकाको ४०.४८ प्रतिशत तथा झापाको मेचीनगर गाउँपालिकाको ०.०३ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयले बजेट अनुशासन पालना हुन नसक्नु, सार्वजनिक खरिद व्यवस्थापन, ठेक्का व्यवस्थापन तथा राजस्व अनुशासन पालना हुन नसक्नु बेरुजुको मुख्य कारण रहेकोे जनाएको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार १४:५३ मा प्रकाशित

You can share this post!

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...