back
NMB ad

आजैदेखि लागू हुनेगरि नेपाल बंगलादेश बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । आजैदेखि लागू हुनेगरि नेपाल बंगलादेश बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचततर्फको ब्याजदर ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म घटाएको छ ।

जस अनुसार अब निक्षेपकर्ताले साधारण बचततर्फ न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ ।त्यसैगरि बैंकले मुद्दती निक्षेपको व्याज पनि १ प्रतिशतले घटाएको छ । अब बंगलादेश बैंकका मुद्दती निक्षेपकर्ताले ७.२५ प्रतिशत मात्र व्याज पाउनेछन्।

आधा प्रतिशतले घटेको एनबि विशेष मुद्दतीको ब्याजदर ७.७५ प्रतिशत कायम भएको छ। संस्थागत मुद्दतीको ब्याजदर पनि साढे ६ प्रतिशत कायम भएको छ । संस्थागत मुद्धती निक्षेप नवीकरण गर्दा भने ६.६ प्रतिशत व्याज दिने बैंकले जनाएको छ।

बैंकको आधार ब्याजदर ९.८९ प्रतिशत छ । यसअनुसार बैंकले आधार ब्याजदरमा कर्जाको प्रकार हेरि न्यूनतम १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने भएको छ ।

बैंकले एक्सपोर्ट फाइनान्समा आधार ब्याजदरमा १.५ देखि ४ प्रतिशत, हायर पर्चेजमा ३ देखि पाँच प्रतिशत, होम लोनमा २ देखि ५ प्रतिशत, सुन कर्जामा ३ देखि ५ प्रतिशत प्रिमियम थप गरि ऋण प्रवाह गर्ने जनाएको छ ।

बैंकले घटाएको ब्याजदर शुक्रबारबाटै लागू हुनेछ । मद्दती निक्षेपको ब्याजदरमा भने नयाँ बचत खातामा तत्कालै लागू हुनेछ भने यसअघि नै मद्दती निक्षेपमा रहेकाको भने नवीकरण गर्ने बेलामा मात्रै नयाँ ब्याजदर लागू हुनेछ ।

वि.सं.२०७७ साउन २ शुक्रवार १२:३३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...