back
NMB ad

लिम्पियाधुरा सहितको नयाँ नक्साबारे पुस्तक प्रकाशन गर्दैछौ : मन्त्री अर्याल

Kumari bank ad

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

मन्त्रालयले आज शुक्रबार मन्त्रालयमा आयोजना गरेको पुस्तक बिमोचन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो जानकारी दिनुभएको हो । सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विष्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तराष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरु राखेर निकट भविश्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौ । मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ती जमर्को गरिरहेको भन्दै उहाँले एकपछी अर्को गर्दै बिगतमा भन्दा सिर्जनशील, प्रगतिशिल र मौलिक ढंगले अगाडी बढ्ने प्रयत्नमा रहेको बताउनुभयो ।

केही नयाँपना दिनका निम्ती मन्त्रालयको टिमले संकल्प गरेको भन्दै उहाँले नयाँ छबी दिने भन्ने मन्त्रालयको टिमले संकल्प रहेको बताउनुभयो । ती कामहरु प्रकट पनि भएको भन्दै मन्त्री अर्यालले भन्नुभयो, यहाँहरुले देख्नुहभएकै छ एकपछी अर्को गर्दै नयाँखालका काम हामीले बाहिर पनि ल्याएका छौ । यसको रिजल्ट आइसकेको पनि छ । राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्नेगरी मन्त्रालयले महत्वपुर्ण काम गरेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको भू-भाग समेटेर नेपालको नक्सा जारी गरेको बताउनुभयो ।

भएका तथ्य प्रमाणका आधारमा नक्सा प्रकाशन गरेपछि ती तथ्य प्रमाणहरुमा काम गरिरहँदा यसो गरेको भए हिजोदेखि ती चिजहरु हामीसँग भएको भए समस्या हुने थिएन भन्ने कुराहरु पनि प्रकट भएको भन्दै मन्त्री अर्यालले त्यो विषयका बुझाइमा पनि अनेकता रहेको बताउनुभयो । बुझाइका अनेकतालाई एकरुपतामा ल्याउनका निम्ती र भएका इतिहासलाई लिपिबद्ध गर्नका निम्ती अब हामीले लिपिबद्ध गर्न गइरहेका छौु, उहाँले भन्नुभयो ।

मन्त्रालय वार्षिक कार्ययोजनामा मात्र केन्द्रित नभएर अन्य फरक खालका सिर्जनशील कार्यमा पनि हामी अगाडी बढेको मन्त्री अर्यालले बताउनुभयो । भूमि व्यवस्था मन्त्रालयले प्रकाशन गरेको भूमी शब्दकोषको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरुको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारबाही समेटिएको पुस्तक मन्त्री अर्यालले बिमोचन गर्नुभएको हो ।

मन्त्री अर्यालले भूमी शब्दकोषले भूमी सम्बन्धी शब्दका बारेमा ज्ञान बाँड्ने, कमिकमजोरी सच्याउने बताउदै शब्दकोषमा छुटाइएको भूमि समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा समेत समेटिएकाले पुस्तक विशेष रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा पुस्तकका बारेमा जानकारी दिँदै मन्त्रालयबाट गत वैशाखमा अवकाश प्राप्त उपसचिव गोपाल गिरीले प्रत्येक शब्दहरुमा बिवाद र दोहोरो अर्थ लाग्ने समस्या देखिन थालेपछि मन्त्रालयले भूमि शब्दकोष तयार पारेको र यसलाई समयअनुसार परिमार्जन गर्दै शब्द थप्दै जानुपर्ने बताउनुभयो । आयोग सम्बन्धी पुस्तकमा २०४७ सालपछिका १२ वटा आयोगहरु समेटिएको जानकारी दिनुभयो ।

त्यस अवसरमा गण्डकी प्रदेशको सचिवका रुपमा सरुवा भएर जानुभएका मन्त्रालयबाट सहसचिव चन्द्रकला पौडेल र मन्त्रालयबाट अवकाश प्राप्त उपसचिव गोपाल गिरीलाई विदाई गरिएको थियो ।

वि.सं.२०७७ साउन २ शुक्रवार १९:११ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...