back
NMB ad

अध्यक्षले पिडकलाइ काखि च्यापेछि एनआरएनए डेनमार्ककाे विश्वास र गरिमा माथि गम्भिर प्रश्न !

Kumari bank ad

अतुल शर्मा, कोपनहेगन । डेनमार्कको नेपाली समुदायमा केही समयदेखी एउटा विषयले खलबली मच्चाएको छ । झण्डै ३ सातादेखी धेरै नेपालीले चासो पुर्वक हेरेको सवाल हो, घरबेटी काण्ड,एक नेपाली बिद्दार्थी जोडी घरबेटीबाट पीडित भएको घटना ।

जसमा नेपाली समाजको अगुवा संस्था एनआरएनए डेनमार्क नै पीडितको पक्षमा नभै पीडकलाई जोगाउन अग्रसर भएर लाग्यो । पीडित पक्षले ३ महिनाअघी नै सहयोगको लागि भनेर एनआरएनए डेनमार्कलाई इमेल गरेको थियो । तर, उनीहरुले सहयोग पाएनन् । न्याय माग्दै ३ वटा इमेल गरेको पाइएको छ । संस्थालाई लेखिएको ईमेल कहिल्यै संस्थामा प्रवेश गरेन।

अध्यक्ष रबिन्द्र खड्काले घरबेटी संग साँठगांठ गरि घटना दबाउन मात्र लागि परेनन् उल्टै झुलाउने काम गरे। दुबै पक्षलाई राखेर छलफल गरी समाधान गर्नुपर्ने हो । तर, त्यसो गरिएन । एनआरएनए डेनमार्क पीडक घरबेटीको पक्षमा खुलेआम लागेन मात्रै यो घटनालाई गुपचुप राख्न सकेको बल पनि लगायो । यस घटनापछि एनआरएनएलाई हेर्ने दृष्टिकोणमा धेरै फरक आएको छ ।

डेनमार्कबासी नेपाली विशेषगरी बिद्दार्थी र भाडामा बस्नेहरु निराश र आक्रोशित भएका छन् । घटनाका पीडितको पक्षमा सुनुवाइ नभएपछी एनआरएनएप्रति धेरै आक्रोशित भएका छन् । यसो भनौ यो घटनापछि एनआरएनएले बदनामी मात्रै कमाएको छ । असल नियतका एनआरएनएकर्मीहरु तथा डेनमार्कका आम नेपालीले अहिलेको नेतृत्वले पीडितलाई झनै पीडित बनाएको र गलत नजिर स्थापित गरेको भन्दै आक्रोशित भएका हुन् । यस बारेमा बाहिर र एनआरएनए डेनमार्कको कार्यसमितिमा पनि ब्यापक गुनासो र विरोध भएको छ ।

नेतृत्व अर्थात अध्यक्ष रवीन्द्र खड्काले घरबेटीको पक्ष लिदै एनआरएनएलाई बदनाम बनाएको आरोप लागेको छ । तर, मुख फोरेर कसैले सार्वजनिक रुपमा बोल्ने आँट गरेको छैन । कोभिडको बेलामा राहत प्रदान गर्न उठाएको रकमको हिसाब आजसम्म सार्वजनिक गरिएको छैन । बैठकमा भने पास भएको बताइन्छ । तर, बाहिर आएको छैन । संस्थागत पारदर्शिता र सामुहिक निर्णयलाई नीज खड्काले धोती लगाई दिएका छन्। उनले गरेको निजि निर्णयलाई संस्थागत निर्णय मान्नु पर्ने उनको जिकिर रहँदै आएको छ।

गरिमामय संस्थाप्रतिको भरोसा, ओज र विश्वास घट्दै गएकोछ । यो भन्दा पहिलाका कार्यसमितिमा केही समस्या परे या अन्यायमा परे पीडितले गुहार माग्ने र न्याय पाउने गतिलो थलो थियो एनआरएनए डेनमार्क । बेखर्ची भएका, पारिवारिक झगडामा परेका, कार्यथलोमा ज्यालामा ठगिएका देखि बिरामी र असक्तहरुले एनआरएनए बाट यसको स्थापना कालदेखि सहयोग पाउँदै आएको इतिहाँस छ। बिगतका अध्यक्षहरुले संस्थागत परम्परालाई निरन्तरता दिएको पाइन्छ।

कुनै समस्याको बारेमा जानकारी भए पछि तत्कालै एनआरएनएको कार्यसमिति वा अन्य संघसंस्थाको सहयोगमा समस्या समाधान गर्ने र पीडितलाई न्याय दिलाउन सहजीकरण गरेको अनुभुती थियो । यो गैह्र आवासीय संस्था आँफैमा न्यायिक निकाय नभए पनि यसले गरेको सहजिकरणलाइ यहाँका राजनीतिक तथा सामाजिक संघ संस्थाहरुले अग्रणी संस्थाको रुपमा स्वीकार गर्ने गरेका छन्। तर, यसपाली खड्काको कार्यसमितिमा २र३ वटा घरबेटी पीडितका निवेदन परे, त्यसमा पीडकको पक्ष एनआरएनएले लिएपछि झनै अन्यायमा परेको र पीडित बनेको बताइन्छ । केही महिनाअघिको यस्तै किसिमको एक प्रेगिनेन्टको घटनामा पनि खड्काले पीडकको पक्ष लिएको भित्रभित्रै चर्चा छ । न्याय माग्दै जाने पक्ष झनै पीडित बनेको बताइन्छ । यस बारेमा स्वतन्त्र रुपमा एनआरएनए अन्तराष्ट्रिय समिति तथा युरोप संयोजकले छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने आवाज पनि उठ्न थालेको छ ।

खासमा भएको के हो ? अनि एनआरएनए डेनमार्कले किन बदनामी कमायो त ? शुरुबाटै सरसर्ती घटना यस्तो छ । प्रमाण र बिभिन्न स्रोतहरु मार्फत बिस्तृतमा जानकारी दिने यहाँ प्रयास गरिएको छ । शुरुमै भनौ खड्का र पीडक भनिएका पौडेल एकदमै नजिकका हुन् । उनीहरुविच दाजुभाइको साइनो छ । उनीहरुका श्रीमतिहरुबिच पनि घनिष्ट सम्बन्ध रहेकोले यस घट्नामा पौडेललाई जोगाउन खड्का हात धोएर लागेको ब्यापक चर्चा छ ।

अध्ययनका लागि डेनमार्क आएको एक बिद्दार्थी जोडी कोपनहेगको अफलोन भन्ने ठाउमा बस्ने नेपाली चन्द्रमणी पौडेलको घरमा भाडामा बस्न पुग्छन । यो कुरा हो झण्डै ६ महिनाअघिको । ती युवती बिद्दार्थी थिइन भने उनका श्रीमान युवा डिपेन्डेन्ट । ती युवाले नेम्लि भन्ने चर्चित कम्पनिमा काम गर्थे । नेम्लिमा जागिर हुनु भनेको डेममार्कमा अनस्किल जनशक्तिकालागि काम र दामका हिसाबले राम्रो मानिन्छ ।

ठिकै चल्दै थियो । युवतीको पढाई अनि युवाको जागिर पनि आफ्नै रफ्तारमा कुदेको थियो । जिन्दगीले सहि लय समात्दै थियो । जब कोरोना महामारी शुरु भयो । डेनमार्कमा पनि १६ मार्चबाट लकडाउन शुरु भयो । सबै कामकाज बन्द भयो । तर, नेम्लिको काम भने झनै चल्यो । अनि घरबेटी पौडेलले भाडामा बस्ने ती युवालाई काम छाड्न अनुरोध गरे अनि दैनिक दबाव पनि दिन थाले ।

अनि पौडेलले आफ्नी श्रीमति, भाडामा बस्ने बिद्दार्थी युवती र युवालाई एकदिन बैठक राखेर यसो भने ’म डाइबेटिजको बिरामी छु, कोरोना सर्यो भने बर्बाद हुन्छ, तिमी काम छाड, बरु म तलबै दिन्छु नभए घरभाडा लिन्न खाने कुरा सबै मै लिन्छु तिमीहरु बाहिरै ननिस्क ।’ यसरी भनेपछी सबैले सहमति जनाए । लिखित भने भएन । सबै कुरा मौखिक रुपमा हुदै आएकोले उनीहरुले पनि विश्वास गरे ।

सल्लाह अनुसार युवाले काम छाडे । यो कुरा पौडेलले केही नेपाली अगुवालाई फोनमा ’मेरोमा बस्ने भाइलाई नेम्लिबाट काम छुटाएको छु , भाडा नलिने र मैले खाने कुरा दिने सहमति गरेको छु ।’ भन्दै सगौरब सुनाएका पनि थिए ।

त्यो यस्तो बेला हो त्यतिबेला नेम्लिमा काम एकदमै बढी थियो । त्यहाँ काम गर्नेहरुले ट्याक्स कटाएर कम्तिमा पनि महिनाको २० हजार डेनिस क्रोनर कमाए पनि । दिनहरु ठिकै तवरले चलिरहेका थिए । केही दिनपछी भने पौडेलले अरु सबैलाई घरमै बन्दी बनाए आफु भने तास खेल्न तथा माछा मार्न साथीहरुसंग धेरै निस्कन थालेको यी कुराहरु ती बिद्दार्थीले फेसबुकमा लेखेको ५(६ पेजमा उल्लेख छ ।

अप्रिल महिना लाग्यो । महिना मर्यो अनि भाडाको विषयमा घरबेटीले बिषय निकाल्न थाले । यही बिषयमा विबाद हुन शुरु भयो । बिद्दार्थी जोडीले भन्न थाले भाडा लिन्न भनेर काम छुटाउने अनि अहिले आएर भाडा कहाँबाट दिने त ? तर, यतिमै टुङ्गिएन । झगडा गर्ने फेरी २(३ दिनमा मिल्ने क्रम चलिरह्यो । फेरी ठुलै झगडा परेपछी ती बिद्दार्थीले सहयोगको लागी अनुरोध गर्दै पहिलो पटक २९ अप्रिलमा एनआरएनए डेनमार्कलाई पत्र लेखिन् ।

हेर्नुहोस पहिलो इमेल

केही पदाधिकारीलाई फोन र म्यासेज पनि गर्न थालिन् । केही दिनमा एनआरएनए डेनमार्कबाट इमेलको रिप्लाई आयो ’वी अन्डरस्ट्याण्ड योर प्रोबलम ।’ केही दिनमा एनआरएनए डेनमार्कका केहीले फोनबाटै कोठा खोजेको कुरा आयो । तर, सर्नको लागि पैसा उनीहरुसंग थिएन । फेरी उनीहरुको भिषा पनि मे महिनामा सकिदै थियो ।

सिपिआरमा समस्या हुन्छ की भनेर ती बिद्दार्थीले कोपनहेगन कम्युनमा फोन गरेर सोधिन् । कम्युनले भने कोरोनाको माहामारीमा नसर्न र जहाँ बसेको हो त्यही सुरक्षित रहन भन्यो । सोही अनुसार त्यँही बस्न बाध्य भए । दिनदिनै विबाद बढ्दै गयो । भाडा माग्न छाडिएन । अति भएपछि त्यो जोडीले पटक(पटक एनआरएनएका केही व्यक्तिलाई फोन र म्यासेज तारान्तार गरे तर, सनुवाई भएन । फेरी पनि जुन १८ तारिखका दिन एनआरएनएलाई ’निड हेल्प’ भन्दै फेरी लामै चिठ्ठी इमेल गरे । अझै पनि वास्ता गरिएन ।

हेर्नुहोस दोश्रो इमेल

मात्रै समस्या बुझेका छौ भन्ने मात्र जवाफ उनीहरुले पाए । तर, समाधानको कुनै पहल एनआरएनएले गर्न आवश्यक ठानेन ।
यता २ वटा इमेल आउदा पनि एनआएनएको कार्यसमितिमा कुनै जानकारी गराइएन । यत्रो बिषयमा सहयोग माग्दा पनि किन बेवास्ता गरिएको होला एनआएनएको नेतृत्वबाट ? किन लुकाउन खोजियो त ? के यसको जवाफ दिनु पर्दैन सामाजिक संस्थाको अगुवाले ?

घरबेटी र भाडावालाबिचको विबादले भयङ्कर रुप लिदै थियो । त्यो जोडीले अप्रिलको रेन्ट डिपोजिटबाट कटाउनुहोस बाकी पैसा नेपाल गएर दिन्छौ पनि भनेकै थियो । तर, पौडेल परिवारले जहिले गएपनि जुलाई १५ सम्मको भाडा दिनुपर्ने अड्डी कस्यो ।

दिनदिनैको दुर्व्यबहार र टर्चरले ती युवामा केही समस्या देखिन थालेको उनकी श्रीमती बिद्दार्थीले लेखेको लामो स्टाटसमा देखिन्छ ।

२६ जुनका दिनमा दुवै परिवारविच ठुलो झगडा भयो । ती बिद्दार्थीको चरित्र हत्या गर्ने खालका अपशब्द पौडलकी श्रीमति पुष्पाले भनिन् । बिद्दार्थीले पनि त्यसको जवाफ फर्काएको बताइन्छ । अति भएपछि आफुहरुले सहदै आएको दुर्व्यवहार सबै उल्लेख गरी ५(७ पन्ना कुराहरु लेखेर नेप्लिज लिभिङ इन डेनमार्कमा पोष्ट गरिन् । त्यो देखेपछि र झगडा निकै ठुलो भएपछी एनआरएनएका अध्यक्ष खड्कालाई बोलाइयो । केही अघि माछा मारेर पौडेल घर फर्केका थिए । संगै एक समाजसेवी पनि थिए । केही बेरमा एनआरएनएका अध्यक्ष खड्का आए । त्यो भन्दा अघि भने पीडित बिद्दार्थीले कल गर्दा म्यासेज गर्दा वास्ता गरिने थिएन ।

खड्काको रोहबरमा छलफल भयो । भाडाको कुरा आयो । भाडामा बस्ने जोडीले जबर्जस्ति काम छोडाउने अनि भाडा कहाँ बाट तिर्ने ? भने, घरबेटीले भने दिनै पर्ने अड्डी कसे । चर्काचर्की भयो । मिलाउन गएका खड्का चुप लागे । अनि भाडामा बस्ने जोडीले जुन महिनासम्मको भाडा मोबाइल पे गरे । तर खातामा पैसा नभएर पेन्डिङ रह्यो । खड्काले भाडा मिलाउ भनेपछी मोवाइल पे गरेको ती बिद्दार्थीले केहीलाई बताएकी छन् । अन्यायमा परेकालाई न्याय दिने हो की उल्टो पीडित बनाउने हो ? जुन गलत काम खड्काले गरे । खड्का त्यतिमै रोकिएनन् फेसबुकमा ती बिद्दार्थीले राखेको पोष्ट हटाउन जोड गरे र आफ्नै अघि डिलिट गराए । अनि ती बिद्दार्थी युवती, उनका श्रीमान युवा र पौडेलले माफी मागे तर, पौडेलकी श्रीमती केही बोलिनन् । त्यतिनै बेला ती बिद्दार्थीले आफ्न्त बोलाइन् र घर छाडे । खड्काले मिलाएं भनेर मख्ख परेर फर्के । खड्का आएपछी केही भए पनि न्याय पाइन्छ होला , सहजीकरण गर्छन होला भन्दै भाडामा बस्ने जोडीले केही आशा पालेको थियो । तर, विवाद समाधान गर्न आएका खड्का घरबेटीको पक्षमा उभिएपछी निरास बने ।अनि ती बिद्दार्थीले खड्कालाई फेसबुकमा ब्लक गरिन् । सोही राती युवालाई स्वास्थ्यमा समस्या आयो । राती अस्पताल पुगेर त्यतै बसे । उनीहरुसंग केही पैसा र साथ दिने कोही थिएन । न्याय माग्न पुगेको एनआरएनकै अध्यक्षले आफुहरुको कुरा नसुनेको र झनै पीडित बनाएको महसुस गरे । भोलीपल्ट जुन २७ मा त्यो घटना डेनमार्कको नेपाली समुदायमा हावासरी फैलिसकेको थियो । सबै विवरण केही समाजसेवीलाई ती बिद्दार्थीले सुनाइन् ।

त्यही दिन एनआरएनएका अध्यक्ष संयोजक र अन्य संस्थाका प्रमुखहरु रहेको स्टेरिङ कमिटीमा यो बिषयमाथी छलफल भयो । भाडा तिर्न बाँकी रहेको रकम र सो जोडीलाई केही सहयोग गर्नुपर्ने कुरा उठ्यो । भाडा मिनाहा गर्न सबैले पौडेललाई भेटी पहल गर्नुपर्ने कुरा बैठकमा उठ्यो । धेरैले सहमति पनि जनाए । तर, खड्का तयार भएनन् । बरु केही समयमा ५३०० डेनिस क्रोनर दिन पर्ने तथा अध्यक्षको निर्णय भन्ने खालको सन्देश म्यासेन्जर ग्रुपमा राखे ।

हेर्नुहोस अध्यक्षको म्यासेज

सो रकम दिनै पर्नेमा खड्कासंगै महासचिब शैलेन्द्र अधिकारीको पनि जोड रहेको थियो । कोभिड फन्डबाट सो रकम दिएपनि एनआरएनए कार्यसमितिमा बिना छलफल मनपरी तवरले दिएको भन्दै पास भएको छैन । अध्यक्ष र महासचिवले आफ्नै तवरले दिएकाले आफ्नै गोजीबाट दिन बहुमत सदस्यको मत छ । उनीहरुले अध्यक्षलाई महिनौ अघि थाहा पाएको विबाद किन कार्यसमितिलाई जानकारी नगराएको ? काम छोडाउने घरबेटीबाट किन भाडा मिनाहा गर्न पहल नगरेको ? भोली भाडा छैन तिर्दिनुपर्यो भनेर अरु बिद्दार्थी आएमा के एनआरएनएले तिरिदिन्छ ?, यस्तो गलत नजिर किन बसाएको भन्दै कडा बिरोध जनाएका छन् । अध्यक्षले एनआरएनएको गरिमा घटाएको र बदनाम बनाएको भन्दै आक्रोश पोखेका छन् । तर, बाहिर बोल्ने आट कसैले गरेका छैनन् ।

यता पब्लिक ग्रुपमा यो बारेमा बहस तातेको थियो । एनआरएनएको कार्यसमितिमा पनि के हो भनेर आवाज उठ्न थाल्यो । तर, अध्यक्षले यो बिषयमा चासो नराख्न र आफुले मिलाउदै गरेको भनेर चुप रहन निर्देशन दिए ।

हेर्नुहोस अध्यक्षको म्यासेज

नेपाल जान तयार रहेका ती जोडी जुन २९ तारिखमा नेपाल गए । उनीहरु दिउँसो जादै थिए । तर, बिहान नै घरबेटी पुष्पा शाह पौडेलले ती बिद्दार्थीलाई ’मानसिक रोगी’ भन्दै तथानाम गाली गरेर फेसबुकमा लेखिन् ।

हेर्नुहोस उनको पोष्ट

चन्द्र पौडेलले पनि ’मानसिक रोगी’ भन्दै कमेन्ट थपे । दिउसो तिर भने सो पोष्ट हट्यो । पीडितहरु नेपाल पुगे पनि यो बिषय यसै हराएन । पीडितको पक्षमा नबोलेको भन्दै केही अगुवा र बिद्दार्थीले फेसबुकमा लेख्दै एनआरएनएको बिरोध गरे ।

हेर्नुहोस उनीहरुका पोष्ट

यो क्रम अझै जारी छ । तर, एनआरएनए डेनमार्क चुइक्क बोलेको छैन । एनआरएनएको यसरी बिरोध भएको पहिलो पटक होला । गरिमा र साख ह्वातै गिरेको छ । यति ठुलो बिषय सर्बत्र हुदा पनि अन्य सघंसंस्था र अभियन्ता पनि चुप छन् ।

त्यसपछी केही ब्यक्तिहरुले चन्द्र पौडेललाई भेटेर कुराकानी गरे । त्यतिबेला पौडेलले गल्ती भएको स्विकार गर्दै के गर्नपर्छ आफु तयार रहेको भने । तत्कालै बैठक बसेर समाधान गर्नुपर्ने बिषय थियो । तर, एनआरएनएका अध्यक्ष खड्काले वास्ता गरेनन् । उनी भने उता नेपाल पुगेर क्वारिनटाइनमा रहेका ती जोडीका अभिभाबकलाई कल गरी तनाब दिन ब्यस्त रहेछन् । पटक(पटक फ्लो गरेर आफुहरुसंगै परिवारका अन्य सदस्यलाई पनि तनाब नदिन अनुरोध गर्दै फेरी ती बिद्दार्थीले जुलाई ५ मा एनआरएनएलाई इमेल लेखिन् ।

हेर्नुहोस तेश्रो इमेल

तर, पनि यो क्रम अहिले पनि जारी रहेको ती बिद्दार्थीले केही सामाजिक ब्यक्तिलाई बताएकी छन् । आखिर किन यसरी फ्लो गरिरहेका छन् खड्का ? यो कसैलाई थाहा छैन । यही बिचमा जुलाई १२ मा एनआरएनएले गरेको बैठकमा चन्द्र पौडेलले छाती खोलेर सबैलाई च्यालेन्ज मात्रै गरेनन् । यो अदालत होइन , मुद्दा हाले पनि फेस गर्ने भन्दै अरु सबैलाई चुप रहन भन्दै निस्किए । अध्यक्ष खड्काले मिलाउनको लागि खासै पहल नगरेको बैठकका सहभागिहरु बताउछन् । बैठक अघि खड्का र पौडेलसंगै आएका थिए । खड्काकै सल्लाहमा पौडेल त्यसरी प्रस्तुत भएको बताइन्छ ।

यसरी यो विबादलाई गिजोलिएको छ । यो औपचारिक रुपमा सल्टाइएको छैन । र, यो बिषय उब्जिरहने छ । यो घटनाले भाडामा बस्ने बिद्दार्थी र घरबेटी बीच केहि तिक्तताको मनोविज्ञान हावी भएको छ। नेपाली घरबेटी संगै बस्दा बिद्यार्थीहरु लाभ्वान्वित भएका थुप्रै घटनाहरु छन्। नेपालीलाई आफ्नो समुदाय प्यारो नहुने कुरा भएन। यो घटनाले बातावरणमा ठुलो शंका उब्जाएको छ । नेपालीबिचको समस्या समाधान गर्न एनआरएनएले सहयोग नगर्ने यो घटनापछी धेरैले बुझेका छन् । अब कसो के गर्ने भन्नेमा छलफलमै रहेको ती पीडितहरुले आफ्न्तलाई बताएका छन् । र, अब एनआरएनए डेनमार्कको गरिमा र विश्वास पहिलाकै ठाउमा पुर्याउनको लागि सचेत नेपाली समुदायले कसरि योजना बनाउञ्छन त्यो भने प्रतिक्षाको विषय भएको छ।  (यो लेखकको निजी विचार हो )

तस्विरमा….

वि.सं.२०७७ साउन ५ सोमवार १९:१७ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...