back
NMB ad

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त ५ महिनापछि पक्राउ

Kumari bank ad

भक्तपुर । बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुर नगरपालिका–५ घर भई हाल सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

प्रतिभा नायभा श्रेष्ठको जाहेरीे रहेको मुद्दामा भक्तपुर जिल्ला अदालतले विसं २०७६ माघ २७ गते पाँच दिन कैद र रू. ६ लाख ९६ हजार १०० जरिवाना फैसला गरेकामा फरार रहेका प्रधानाङ्गलाई भक्तपुरको प्रहरी टोलीले सोमवार पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाउने आदेश भएपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

त्यसैगरी विश्वराम लवजु चोरी मुद्दामा दोषी ठहर गर्दै जरिवाना फैसला भएका भक्तपुर नगरपालिका–९ कमलविनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई प्रहरीले सोमवार पक्राउ गरी जरिवाना असुल गरेको छ ।

भक्तपुर जिल्ला अदालतले गत माघ २७ गते रू. ११ हजार जरिवाना फैसला गरे पनि फरार रहेका प्याठलाई पक्राउ गरी जरिवाना असुल गरिएको प्रनाउ गिरीले जानकारी दिए ।

वि.सं.२०७७ साउन ६ मंगलवार ११:५३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...