back
NMB ad

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गर्यो परीक्षाको समयतालिका !

Kumari bank ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले कोरोना भाइरसका कारण स्थगित भएका परीक्षा आगामी भदौ ७ गतेबाट गर्ने निर्णय गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले सूचना जारी गर्दै स्नातकोत्तर तहको परीक्षा आगामी भदौ ७ गतेदेखि र स्नातक तहको परीक्षा आगामी भदौ १५ गतेदेखि सञ्चालन हुने जनाएको छ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै परीक्षा सञ्चालन गरिने डीनको कार्यालयले जनाएको छ । परीक्षा सम्बन्धी विस्तृत विवरण आगामी साउन १५ गतेसम्म प्रकाशित गरिने सूचनामा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यायले स्थगित भएका अन्य संकायका परीक्षाहरु पनि भदौभित्र सञ्चालन गर्ने र परीक्षा सञ्चालन कार्यातालिका केही दिनमै सार्वजनिक गर्ने जनाएको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै भएपछि गत चैत ७ गतेदेखि हुने भनिएका त्रिविका सम्पूर्ण परीक्षा स्थगित भएका थिए। सरकारले गत चैत ५ गते एसईई लगायतका सम्पूर्ण परीक्षा र विद्यालय तथा विश्वविद्यालयको पठनपाठन रोक्ने निर्णय गरेको थियो।

वि.सं.२०७७ साउन ७ बुधवार १५:४४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...