नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ९४ पुग्यो

काठमाडौं । नेपालमा थप एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी गराउनुभयो ।

पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ६८४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
५ हजार ३७० जना सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

२०७७ साउन ७ गते १६:१८ मा प्रकाशित

You can share this post!

भर्खरै लोकसेवा आयोगले निकाल्यो यस्तो सूचना

भर्खरै लोकसेवा आयोगले निकाल्यो यस्तो सूचना

Related posts