back
NMB ad

लकडाउनको अवधिमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए

Kumari bank ad

काठमाडौं । कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधवारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४ हजार ६४७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले बताएको छ ।

गत जेठ २३ गते पहिलोपटक उद्धार उडानमार्फत म्यान्माबाट २६ नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई म्यान्माको एयरफोर्स विमानबाट नेपाल फर्काइएको थियो । यस अवधिमा खाडी र मलेशियाबाट सबैभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सो अवधिमा संयुक्त अरब इमिरेट्स (यूएई) बाट सबैभन्दा बढी ७ हजार ६१७ नेपाली स्वदेश फिरेका केन्द्रको तथ्यांकमा उल्लेख छ ।

यस्तै साउदी अरेबियाबाट ५ हजार ६११, कुवेतबाट ५ हजार ५४९, मलेशियाबाट ५ हजार ३३३ र कतारबाट ३ हजार ९४१ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ का कारण नेपालीका प्रमुख श्रम गन्तव्य मुलुक बढी प्रभावित हुँदा त्यहाँबाट स्वदेश फर्कने नेपालीको संख्या उच्च देखिएको हो । खाडी मुलुक र मलेशियामा मात्रै झण्डै २० लाख नेपाली कार्यरत रहेको अनौपचारिक तथ्यांक छ ।

उद्धार उडानमार्फत बहराइनबाट ९८०, बंगलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अस्ट्रेलियाबाट ६३४, ओमानबाट ४९२ दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३ र थाइल्याण्डबाट ३२६ नेपाली स्वदेश फकिएका छन् । सबैभन्दा बढी नेपाली ध्वजाबहाक नेपाल एयरलाइन्सबाट स्वदेश फर्केका छन् ।

यस्तै हिमालयन एयरलाइन्स, जजिरा एयरलाइन्स, कतार एयर, मालिन्दो एयर, एयर अरेबिया, टर्किस एयरलाइन्स, मलेशियन एयर, सिल्क एयर, कोरियन एयरलगायतबाट पनि नेपाली स्वदेश फर्किएका हुन् ।

उद्धार उडानमार्फत स्वदेश आएकालाई विमानस्थलबाट सोझै ‘होल्डिङ सेन्टर’मा राखेर सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको केन्द्रले बताएको छ ।

गत जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने निर्णय गरेको थियो ।

सरकारले आगामी भदौ १ गतेदेखि नियमित हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले दैनिक १५ भन्दा बढी उडान गर्ने तयारी थालेको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार १५:३३ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...