back
NMB ad

हङकङका नागरिक भित्र्याउन बेलायतले आवेदन खुलाउँदै

Kumari bank ad

लण्डन । बेलायतले हङकङका नागरिकहरुका लागि नागरिकता लिन विशेष आवेदन खुलाउँदैछ । २०२१ देखि बेलायत सरकारले उनीहरुलाई नागरिकता ग्रहण गर्नका लागि आवेदन खुलाउने यही बुधबार घोषणा गरिएको हो ।

बेलायतको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बेलायती पासपोर्टधारीका निकटस्थ पारिवारिक नातेदारहरुले पढ्न वा काम गर्न बेलायत जान पाउने जनाएको छ ।

हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा नीति लागु गरेपछि बेलायतले पनि आफ्नो अध्यागमन नीति परिवर्तन गर्दै त्यहाँका नागरिकलाई बेलायती नागरिकता दिने जनाएको हो । तर बेलायतको यस्तो प्रस्तावप्रति चीनले आपत्ति जनाउँदैआएको छ । चिनियाँ अधिकारीहरुले बेलायतको यस्तो कदमको विरोध गर्दै हङकङका नागरिक चिनियाँ नै भएको जनाएका छन् ।

‘यूके र हङकङका जनताबीच बलियो ऐतिहासिक सम्बन्ध छ । र हामी उनीहरुको स्वतन्त्रताको पक्षमा बोलेको बाचा पूरा गर्छौँ,’ बेलायती गृहमन्त्री प्रिती पटेलले बताएकी छन् ।

हङकङका नागरिकका लागि बेलायतले ल्याएको नयाँ नीति अनुसार नयाँ प्याकेज मार्फत बेलायत आउने हङकङका नागरिकले बेलायतमा ५ वर्ष बसेपछि स्थायी बसोबासका लागि आवेदन दिन पाउनेछन् । त्यसपछि थप १२ महिनापछि उनीहरुले ब्रिटिश नागरिकताको लागि आवेदन दिन पाउनेछन् ।

बेलायती उपनिवेशमा रहेको हङकङ १९९७ मा एक देश दुई नीति अन्तर्गत रहने गरी चीन मातहत पुगेको थियो । यो देश अहिले पनि चीनसँग एक देश, दुई नीति अनुसार सञ्चालन हुँदैआएको छ ।

पछिल्लो समय हङकङमा राजनीतिक अस्थिरता सँगै अमेरिकी प्रभाव पनि बढ्न थालेको छ । यस्तैमा चीनले हङकङमाथि नयाँ कानुन लागु गराउँदै पृथकतावादी माग उठाउन बन्देज लगाएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ साउन ९ शुक्रवार ०८:०६ मा प्रकाशित

You can share this post!

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...