काठमाडौं । लकडाउनका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु भदौ दोस्रो हप्तादेखि शुरु हुने भएका छन् ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले एक सूचना जारी गर्दै सञ्चालन हुन बाँकी परीक्षाहरु भदौ दोस्रो हप्तादेखि हुने जानकारी दिएको छ ।
महाशाखाको सूचनामा कोरोनाभाइरस महामारीका कारण बन्दाबन्दी लागू भएपछि स्थगित गरिएका स्नातकोत्तर तहका परीक्षाहरुको सन्दर्भमा भदौ दोस्रो हप्तादेखि र स्नातक तहको प्रथम, तेस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षाहरु भदौ तेस्रो हप्तादेखि सञ्चालन गरिने उल्लेख गरिएको छ ।
वि.सं.२०७७ साउन ९ शुक्रवार १९:१३ मा प्रकाशित