back
NMB ad

आगामी दुई बर्षभित्र सरकारको आफ्नै संसद भवन

Kumari bank ad

काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन आगामी दुई वर्षभित्र तयार हुने भएको छ । भवन तयार भएपछि महँगो भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य हुुनेछ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार निर्माणाधीन संसद् भवनको स्थलगत अनुमगन गर्नुहुदै सरकारका महत्त्वपूर्ण कामको नतिजा जनताले देख्ने र महसुस गर्ने बेला भएको बताएका छन् ।

उनले अबका दिनमा सरकारले भाडामा भवन लिएर संसद् सञ्चालन गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरे । वार्षिक १५ करोड भाडा तिरेर अहिले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् सञ्चालन भइरहेको छ ।

निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सात प्रतिशत छ । साइट क्लियरेन्सका लागि समय लागेकाले केही ढिलाइ भएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

१७३ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवन निर्माणको लागत छ अर्ब ९२ करोड रुपियाँ छ । गत वर्ष असोज १६ मा सम्झौता भएको उक्त भवन निर्माणको अवधि तीन वर्षको रहेको आजको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ साउन १० शनिवार ०८:१८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...