मुख्य सचिबसहित दुई हजार ४८० सरकारी कर्मचारीको अवकाश हुँदै

काठमाडौं । मुख्य सचिब लोकदर्शन रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउने छन् । नेपाल कानुन आयोगका सचिब चिरञ्जीवी खनालको कात्तिक २ मा अवकाश हुने भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिब गजेन्द्रप्रसाद भारी कात्तिक १ मा सरकारी सेवाबाट विदा हुने भएका छन् ।परराष्ट्र सचिब शंकरदास बैरागी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिब मोहनकृष्ण सापकोटा असोज २२ गते एकै दिन अवकाश हुनेछन् ।

राष्ट्रिय सूचना आयोगका सचिब मणिराम ओझा कात्तिक २० मा बिदा हुनेछन् । यसरी आर्थिक बर्ष २०७७/७८ मा खुख्यसचिब रेग्मी र १९ सहसचिबसहित दुई हजार चार सय ८० कर्मचारीले अनिवार्य अवकाश पाउने छन् ।

राष्ट्रिय किताब खाना (निजामती) ले सार्वजनिक सूचना जारी गर्दै चालू आर्थिक बर्षमा मुख्यसचिब रेग्मीसहित ठूलो संख्यामा कर्मचारीको अनिवार्य अवकाश ह्ँदै गरेको जानकारी गराइएको हो । -अन्नपूर्ण पोष्ट दैनिकबाट

२०७७ साउन ११ गते ०८:४० मा प्रकाशित

You can share this post!

काष्ठमण्डप पुनःनिर्माण कार्य ७० प्रतिशत सम्पन्न

काष्ठमण्डप पुनःनिर्माण कार्य ७० प्रतिशत सम्पन्न

Related posts