बैंकिङ कसुरका फरार महर्जन ६ महिनापछि पक्राउ

काठमाडौं । बैंकिङ कसुर गरेर फरार रहेका राजेन्द्रकुमार महर्जन पक्राउ परेका छन् । उनलाई फरार भएको ६ महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले पक्राउ गरेको हो ।

ललितपुर जिल्ला अदालतले महर्जनलाई १० दिन जेल र १५ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलापछि उनी लुकीछिपी बसेका थिए ।

उनलाई पक्राउ गरेर प्रहरीले आइतबार ललितपुर जिल्ला अदालत उपस्थित गराएको छ । कलंकीका ४७ वर्षीय महर्जन ललितपुरको इमाडोलमा बस्दै आएका थिए । उनले २०७५ भदौ ५ गते कृष्णभक्त महर्जनलाई खातामा पैसा नभए पनि झुक्याउने उद्देश्यले नेपाल इन्भेष्टमेन्ट बैंकको चेक काटेर दिएका थिए ।

२०७७ साउन ११ गते १५:१२ मा प्रकाशित

You can share this post!

भदौ १ देखि विद्यालयमा भर्ना, असोज १ देखि अबरुद्ध परिक्षा संचालन गर्ने

नयाँ सुविधासहित सनराइज बैंकले ल्यायो ४० वर्षे अवधिको घरजग्गा कर्जा योजना

Related posts