back
NMB ad

शिक्षक सेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने सम्वन्धी सूचना निकालेको छ । आयोगको शैक्षिक वर्ष २०७६ को कार्यसम्पादन मूल्याङ्कन फारम भर्न छुट भएका शिक्षकहरुले कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने सम्वन्धी सूचना निकालेको हो ।

आयोगले गत वैशाखा ३० गते नै फारम भर्न भनेता पनि कोभिड १९ का कारण विषम परिस्थिती उत्पन्न भई देशभर लकडाउनका कारण सबै विद्यालयहरु पूर्ण रुपमा बन्द भएको र शिक्षकहरुको कार्य सम्पादन मूल्याङ्कन फारम भर्न, दर्ता गराउन र मूल्याङ्कन गर्न सकिएको थिएन ।

शिक्षक सेवा आयोग नियमावली,२०५७ (संशोधनसहित) को नियम ३२ घ को उपनियम ७ मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र शुरु भएको ३० दिभित्र कार्यसम्पादन मूल्याङ्कन फारम भरी सम्वन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

हाल सरकारले साउन ७ गतेदेखि देशभर लकडाउन खुल्ला गरि विस्तारै शिक्षकहरु विद्यालयमा उपस्थित हुने र कार्यालयहरु नियमित संचालन हुने भएकाले कार्य सम्पादन मूल्याङ्कन फारम निर्धारित समयमा दर्ता गराउन छुट भएका शिक्षकहरुले आआफ्नो कार्य सम्पादन मूल्याङ्न फारम सम्वन्धित विद्यालयमा दर्ता गराउन आयोगले अनुरोध गरेको ।

आयोगको सूचना अनुसार साउन १५ देखि ३० दिनभित्र (भदौ १२गतेसम्म)दर्ता गराउन भनेको छ । साथै शिक्षकहरुको शैक्षिक वर्ष २०७६ को कार्य सम्पादन मूल्याङ्न सम्वन्धमा फारम शिक्षक सेवा आयोगको नियमावली २०५७ को दशौ संशोधन बमोजिम हुने र मूल्याङ्कन सम्वन्धी आयोगले गत कात्तिक १ गते र गत पुस १६ को निर्णय बमोजिम हुने सूचनामा उल्लेख छ ।

हेर्नूहोस् सूचना :

विस्तृतमा सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ साउन १२ सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...