back
NMB ad

एनआईसी एशिया बैंक म्युचुअल फण्डका दुई योजनाको नाफामा वृद्धि

Kumari bank ad

काठमाडौं । असार मसान्तसम्ममा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई ओटा योजनाको नाफामा वृद्धि भएको छ । एनआईसि एशिया ब्यालेन्स फण्ड र एनआईसि एशिया ग्रोथ फण्डको नाफा वृद्धि भएको हो ।

एनआईसि एशिया ब्यालेन्स फण्डले जेठ मसान्तसमा रू. २ करोड ६४ लाख नाफा कमाएकोमा असार मसान्तमा रू. ८ करोड १२ लाख पुगेको हो । त्यसैगरी, एनआईसी एशिया  ग्रोथ फण्डको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा ११८ प्रतिशतले वृद्धि भएको छ ।

उक्त योजनाले असार मसान्तसम्ममा रू. १४ करोड ५१ लाख नाफा कमाएको छ । यो नाफा जेठ मसान्तमा रू. ६ करोड ६४ लाख थियो ।असार मसान्तसम्ममा दुबै योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा पनि वृद्धि भएको छ ।

एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य जेठ मसान्त सम्ममा रू. १० दशमलव ८१ रहेकोमा असार मसान्तमा वृसिद्ध भएर रू. ११ दशमलव ७५ पु्गेको छ ।

त्यसैगरी एनआईसी एशिया ब्यालेन्स फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य जेठ मसान्त सम्ममा रू. १० दशमलव ३३ रहेकोमा असार मसान्त सम्ममा रू. ११ दशमलव शून्य ८ पुगेको छ ।

उक्त योजनाले असार मसान्त सम्ममा सुचिकृत तथा सुचिकृत नभएको शेयर तथा डिबेञ्चर गरी लगानीको परल मूल्य (धितोपत्र दलाल कमिशन, कारोबार शुल्क समेत) गरेर रू. ४५ करोड ५६ लाख रहेकोमा यसको बजार मूल्य रू. ५४ करोड पुगेको छ ।

त्यसैगरी एनआईसी एशिया ग्रोथ फण्डकोले सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिबेञ्चर गरेर कुल लगानीको परल मूल्य रू. ५५ करोड ९० लाख लगानी गरेकोमा यसको बजार मूल्य रू. ६८ करोड ७२ लाख पुगेको छ । ती दुबै योजनाको लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको छ ।

वि.सं.२०७७ साउन १३ मंगलवार १२:३५ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...