back
NMB ad

शेयर बजार ७.५९ अंकले घट्यो, १ अर्ब २५ करोडको खरिदबिक्री

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन शेयर बजार ७.५९ अंकले घटेको छ । बजार परिसूचक नेप्से उक्त अंकले घटेर १४५४.८९ विन्दुमा आइपुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.६४ अंकले घटेको छ ।

बजारमा १ सय ८५ कम्पनीको ३२ लाख ४७ हजार कित्ता कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २५ करोड ९७ लाखको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज फाइनान्स र म्युचुअल फन्डबाहेक बाँकी समूहको कारोबार सूचक बढेको छ । अरु सबै सूचकहरु रातो छन्।

आज नेपाल पुनर्बीमा कम्पनीको १० करोड ३५ लाखको सेयर कारोबार भएको छ। यो नै उच्च कारोबार हो। नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ८९ लाखको, एनएमबी बैंकको ६ करोड ४१ लाखको, एनआईसी एसिया बैंकको ५ करोड ६२ लाखको र हिमालयन डिस्टिलरीको ५ करोड ४५ लाखको सेयर कारोबार भएको छ।

आज कमाउने र गुमाउने दुवै कम्पनीले अधिकतम क्रमशः ५.९४ नाफा र ५ प्रतिशत घाटा व्यहोरेका छन्। सोमबार पनि नेप्से २.६२ अंकले घटेको थियो। उक्त दिन १ अर्ब ८१ करोडको कारोबार भएको थियो।

वि.सं.२०७७ साउन १३ मंगलवार १५:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...