काठमाडौं । बुधवार नेप्से परिसुचक कारोबार भएको तीन घण्टामा १७ अंकले घटेर १ हजार ४३७ दशमलव ३० विन्दुमा पुगेको छ । उक्त अवधिमा १८२ ओटा कम्पनीको २४ लाख ८ हजार ११ कित्ता शेयरको रू. १ अर्ब १२ करोड बराबरको शेयर खरीदविक्री भएको हो ।
दुई ओटा जलविद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर कम्पनीको शेयर मुल्य १० प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको शेयर खरीदविक्री भएको छ ।
कम्पनीको रू. ११ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १२ ओटा समूहमध्ये अन्य समूहको परिसुचक शून्य दशमलव २८ प्रतिशत बढेको छ भने बाँकी समुहको परिसुचक घटेको हो ।
वि.सं.२०७७ साउन १४ बुधवार १४:०३ मा प्रकाशित