back
NMB ad

आकस्मिक बाहेकका सेवा बन्द, बजार तथा पसल निश्चित समयका लागि खुल्ला गर्ने निर्णय

Kumari bank ad

इटहरी । इन्जिनियरमा कारोना देखिएपछि इटहरी उपमहानगरपालिकाले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।कोरोना रोकथाम तथा व्यवस्थापन उच्चस्तरीय समितिको बिहीबार बिहान बसेको बैठकले उपमहानगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले इटहरीको हाटबजार बन्द गर्ने र मुख्य बजार क्षेत्रका पसल निश्चित समयका लागि खुल्ला गर्ने निर्णय गरेको मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।

कुनै कन्ट्याक्ट हिस्ट्र नभएका ती कर्मचारीमा कोरोना देखिएपछि समुदायमा पुगेको अनुमान गरिएको छ । पालिकामा कार्यरत १० कर्मचारीको दुई दिनअघि स्वाब संकलन गरिएकोमा एकजना कर्मचारीमा कोरोना देखिएको हो ।

नियमित कार्यालय आउने र बैठकमा समेत सहभागी भएका उनमा कोरोना पोजिटिभ देखिएसँगै उपमहानगरपालिका कार्यालयमा डिस्इन्फेक्टिङ गरिएको छ ।

संक्रमितको कन्ट्याकमा रहेका व्यक्तिलाई पहिलो प्राथमिकमा पीसीआर परीक्षण गर्ने र बाँकी सम्भावित जोखिमपूर्ण क्षेत्रमा र्यान्डम टेस्ट गर्ने तयारी गरिएको छ ।

कोरोना पोजिटिभ केश देखिन थालेपनि प्रशासनले भने कडिकडान नगर्ने जानकारी दिएको छ । कडाइ गर्दा जनजीवन अस्तव्यवस्त हुने भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले सजग ने बनाउनुपर्नेमा जोड दिए ।

सुनसरीको धरान, इनरुवा र मोरंगको विराटनगर महानगरपालिकाले समुदाय स्तरमै कोरोना संक्रमित भेटिएपछि आंशिक लकडाउन गर्न थालेका छन् । ती सबै सहरको बीचमा रहेको इटहरीमा कोरोना संक्रमणको जोखिम उच्च छ । -अन्पूर्णपोष्ट अनलाइनबाट

वि.सं.२०७७ साउन १५ बिहीवार १२:४४ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...