back
NMB ad

एनआरएनएको रगत संकलन बस उपलब्ध गराउनेदेखि सार्वजनिक शौचालय बनाउने

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा रगत सङ्कलनदेखि रगत अनुसन्धानको क्षेत्रमा काम अघि बढाएको छ । सङ्घले रगत सङ्कलनका लागि मोबाइल बस सेवाको स्थापना गर्नेदेखि रगत अनुसन्धान केन्द्र निर्माणकार्य अघि बढाएको हो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा सङ्घले रगत सङ्कलन गर्न मोबाइल बस सेवाअन्तर्गत पहिलो बस अबको केही महिनाभित्र उपलब्ध गराउने तयारी रहेको सङ्घका सचिव गौरीराज जोशीले जानकारी दिनुभयो ।

झण्डै रु एक करोड लागतमा दुई रगत सङ्कलन मोबाइल बसको प्रबन्ध गर्ने गरी सङ्घले योजना अघि बढाएको उहाँको भनाइ छ । सचिव जोशीले पहिलो बस उपलब्ध गराउनका लागि आवश्यक पर्ने रकम बराबरको सहयोगको प्रतिबद्धता आइसकेकाले अहिले कोरोनाले प्रभावित अवस्था सामान्य भए अक्टोबरसम्ममा पहिलो बस उपलब्ध गराइने उल्लेख गरे । त्यसलगत्तै फेरि आर्थिक सहयोग सङ्कलन गरी अर्को बस उपलब्ध गराइने जानकारी जोशीले दिए ।

सङ्घले रगत सङ्कलन बस सेवादेखि लिएर रगत अनुसन्धान केन्द्र निर्माणका लागि चितवनलाई रोजेको छ । चितवनको भरतपुर नगरपालिकाले समेत केन्द्रका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइसकेको छ । अनुसन्धानमूलक रूपमा बहुआयामिक महत्वका साथ अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको बताउँदै सचिव जोशीले अनुसन्धान केन्द्रलाई चरणबद्ध विकास गरिने र सोहीअनुरूप पहिलो चरणमा ल्याबसहितको केन्द्र बनाएर शुरुआत यसै वर्ष गर्ने तयारी सङ्घको रहेको जानकारी दिए ।

“अनुसन्धान केन्द्र निर्माण भए यसले धेरै दृष्टिकोणबाट नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्छ । यसलाई हामीले निकै महत्वको प्रोजेक्ट मानेर काम अघि बढाएका छौँ”, सचिव जोशीले भने, “रगतसँग सम्बन्धित अनुसन्धानका लागि एउटा महत्वपूर्ण स्थल यो केन्द्र बन्नेछ । यसमा धेरैको सहकार्य हुन सक्दछ । अनुसन्धानकर्मी र मेडिकल विद्यार्थीका लागि यो एउटा अनुसन्धान थलो बन्नेछ ।”

नेपालको लगभग मध्यभागमा रहेको र दुर्घटनाको चार्टहरु हेरेर केलाउँदा चितवनबाट लगभग १२ देखि १७ जिल्लामा रगतको व्यवस्था गर्नुपर्ने देखिएकाले चितवनलाई रोजिएको सचिव जोशीले बताए ।

यसैगरी सङ्घले काठमाडौँमा सार्वजनिक शौचालय निर्माण गर्ने पूर्ववत् निर्णयअनुरूप पहिलो सार्वजनिक शौचालय कलङ्कीमा आउँदो छ महिनाभित्र निर्माण गरिसक्ने भएको छ । काठमाडौँमा व्यस्त पाँच स्थानमा सार्वजनिक शौचालय बनाउने सङ्घको तयारीअनुरूप पहिलो शौचालय कङ्लकीमा निर्माण गरिने तथा त्यसको सञ्चालन प्रक्रिया र संरक्षणको अवस्था हेरी थप स्थानमा शौचालय बनाइने सचिव जोशीले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सङ्घले सार्वजनिक शौचालय बनाउने गरी योजना अघि सारेको थियो । “निर्माणभन्दा पनि यसको सञ्चालन र संरक्षणको विषय महत्वपूर्ण हो । त्यसका लागि हामीले काम गरिरहेका छौँ”, सचिव जोशीले भने, “अहिले कलङ्कीमा एउटा शौचालय छ महिनाभित्र बनाइसक्छौँ, अनि यसलाई हेरेर बाँकी योजना अघि बढाइनेछ ।”

वि.सं.२०७७ साउन १५ बिहीवार १४:३२ मा प्रकाशित

You can share this post!

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...