काठमाडौं प्रवेश गर्ने नाकामा थप कडाइ

काठमाडौं । सरकारले काठमाडौं प्रवेश गर्ने नाकामा थप कडाइ गर्ने संकेत गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि सरकारले नाकामा थप कडाइ गर्ने संकेत गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले काठमाडौंमा संक्रमित थपिँदै गएको र घना बस्तीमा थप जोखिम रहेकाले नाकामा थप कडाइ हुने बताउनुभयो ।

यसको लागि सुरक्षा निकायले योजना बनाउने उहाँको भनाइ छ । यस्तै देशैभरि कोरोनाको जोखिम बढ्दै गएकोमा सरकार थप चिन्तित भएको र नागरिकले थप सतर्कता अपनाउनुपर्ने खतिवडाले बताउनुभयो ।

‘कोरोनाको जोखिम हटेको नभइ कोरोनासँग बच्दै जनजीवन सामान्य बनाउनको लागि लकडाउन हटाइएको हो, कोरोना रोक्न सरकार मात्रै जिम्मेवार नभइ नागरिकको जिम्मेवारी झन् ठूलो छ, स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्नै पर्छ’, खतिवडाले भन्नुभयो ।

२०७७ साउन १५ गते १६:१३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय गाैरवका आयोजना निर्माणमा समस्या

राष्ट्रिय गाैरवका आयोजना निर्माणमा समस्या

Related posts