बन्दुकधारीद्वारा एकैपरिवारका १३ जनाको हत्या

एजेन्सी । बन्दुकधारीको एक समूहले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जनाको हत्या गरेका छन् । उनीहरुले एकैपरिवारका १३ जनासहित १४ जनाको हत्या गरेका हुन् ।

मारिएकाहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको राज्यका प्रहरी प्रमुख एडी आयुबाले जानकारी दिनुभयो । प्रहरी प्रमुख आयुबाले बन्दुकधारीको आक्रमणका कारण अरु ६ जना गम्भीर घाइते भएको बताउनुभएको छ । आक्रमण गर्नुको खास कारण अझै थाहा हुन सकेको छैन ।

हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ । प्रहरी प्रमुख आयुबाले सुरक्षाकर्मी उक्त गाउँमा पुग्नुअघि नै आक्रमणकारी फरार भएको बताउनुभएको छ । उहाँले घटनाको अनुसन्धानसहित आक्रमणकारीको खोजी भइरहेको जानकारी दिनुभएको छ।

२०७७ साउन १५ गते ११:५५ मा प्रकाशित

You can share this post!

आज पनि अजोड इन्स्योरेन्सको शेयर कारोबार हुन सकेन

भदौ १५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय !

Related posts