back
NMB ad

ट्रम्प भन्छन् : ‘यसपटक इतिहासको धोकापूर्ण चुनाव हुनेछ, यसले अमेरिका लज्जित हुनेछ’

Kumari bank ad

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा हुने चुनावलाई रोक्नुपर्ने सुझाव दिएका छन् । उनले यसपटकको चुनावमा मेल–इन–ब्यालेट (चिट्ठीमार्फत् भोटिङ) मार्फत मतदान गर्ने निश्चित भएको बताएका छन् ।

उनले यसपटकको चुनाव इतिहासको सबैभन्दा गलत र धोकापूर्ण चुनाव हुने बताउँदै यो अमेरिकाको लागि लज्जाको विषय बताएका छन् । ट्रम्पले यो कुरा राष्ट्रपति चुनाव हुनु ९६ दिन अघि भनेका छन् । अमेरिकामा राष्ट्रपति पदका लागि चुनाव नोभेम्बर ३ तारिखमा हुँदैछ ।

ट्रम्पका लागि चुनाव रोक्नु सहज छैनः

अमेरिकाको संविधान अनुसार राष्ट्रपति चुनावको मिति परिवर्तन गर्ने अधिकार राष्ट्रपतिसँग छैन । यसका लागि ट्रम्पले संसदको दुबै सदन हाउस अफ रेप्रिजेन्टेटिभ र सिनेटबाट बिल पास गर्नुपर्ने हुन्छ । सिनेटमा त ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ तर तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत छ ।

यदि ट्रम्पले सदनबाट बिल पास गरिहाले पनि उनले चुनावलाई धेरै समयका लागि रोक्न सक्दैनन् । अमेरिकाको संविधाको २० संसोधन अनुसार राष्ट्रपति चुनाव २० जनवरीसम्म कुनै पनि परिस्थितीमा गरिसक्नुपर्नेछ ।

पहिले पनि गरिसकेका छन् मेल–इन ब्यालेटको विरोधः

ट्रम्पले यसअघि पनि मेल–इन ब्यालेटलाई धोकाको रुपमा हेरिसकेका छन् । उनले डेमोक्रेट्सले २०२० चुनावमा धोका दिन चाहेको बताएका थिए । २२ जूनमा उनले एउटा ट्वीट गरेका थिए । यसमा उनले अन्य देशबाट लाखौं मेल–इन ब्यालेट पठाइनेछ ।

वि.सं.२०७७ साउन १६ शुक्रवार ०८:१५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...