back
NMB ad

बढ्न थाल्यो कोरोना संक्रमण : आजै रातिदेखि लागु हुनेगरी कर्फ्यु जारी, यस्तो आयो सूचना !

Kumari bank ad

महोत्तरी । कोरोना संक्रमण बढ्न थालेपछि महोत्तरीको सदरमुकाम जलेश्वरमा निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार रातिदेखि लागु हुने गरी पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

जिल्ला कोभिड नियन्त्रण र रोकथाम समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा लगाउने निर्णय गरेको प्रजिअ कटुवालले बताए ।

निषेधाज्ञा सदरमुकामको उत्तरतर्फ रणभिम गण, दक्षिणमा मलिवाराको रातोपुल, पूर्वमा भार्गवसर कुट्टी र पश्चिममा रा.वि.म. क्याम्पसभित्रको क्षेत्रमा जारी गरिएको छ । योसँगै महोत्तरी गाउपालिकाको वडा नं. ३ र वडा नं. ५ मासमेत निषेधाज्ञा लागु हुने छ ।

प्रजिअ कटुवालका अनुसार शुक्रबार राति ११ बजेपछि लकडाउन पूर्णरुपमा कार्यान्वयन हुने छ ।यो अवधिमा औषधि पसल, खाद्यान्न, फलफूल, अस्पताल, स्वास्थ्य सेवालगायतका अत्यावश्यक सेवाहरू सूचारु हुने छन् ।

महोत्तरीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या आठसय ६३ पुगेको छ । कोरोनाका कारण एकजनाको ज्यान गएको छ।

वि.सं.२०७७ साउन १६ शुक्रवार ०८:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...