सात सयभन्दा बढी निजामति कर्मचारीले दिए राजीनामा

काठमाडौं । संसदमा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण(पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक बर्षमा सात सयभन्दा बढी निजामति कर्मचारीले राजीनामा दिएका छन् ।

अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७ सय २० कर्मचारीले राजीनामा गरेका हुन ।निजामती कितावखानाका अनुसार यो संख्या अघिल्लो आर्थिक बर्षको भन्दा दोब्बर हो ।

किताबखानाका उपनिर्देशक अद्धैतप्रसाद श्रेष्ठले अघिल्ला बर्ष अनिवार्य अवकाशभन्दा अघि राजीनामा गर्ने कर्मचारीको संख्या बढीमा ३ सय हुने गरे पनि गत आर्थिक बर्षमा दोब्बरले बढेको जानकारी दिए ।

किताबखानाले आर्थिक बर्ष २०७७र७८ मा एक मुख्यसचिब, १९ सहसचिबसहित २ हजार ४ सय ८० कर्मचारीले ५८ बर्ष उमेरहदका कारण अवकाश पाउन लागेको जानकारी गराइएको छ ।तर, अघिल्ला बर्षहरुमा करिब ३ हजार २ सय ३ सयसम्म कर्मचारीले अवकाश पाउने गरेका थिए । -नागरिक दैनिकबाट

२०७७ साउन १६ गते ०६:३० मा प्रकाशित

You can share this post!

प्रेमीका भेट्न सिड्नी पुगेका नेपाली युवाले प्रेमीकाकी साथीलाई रक्सी खुवाएर बलात्कार

अब पसल तथा व्यवसाय बिहान ९ बजेदेखि ५ बजेसम्म मात्रै खुल्ला हुने

Related posts