back
NMB ad

नेपालले कडा जवाफ फर्काएपछि अप्ठेरोमा भारत : अधिकारीले फेरे कुरा !

Kumari bank ad

काठमाडौं । लिम्पियाधुरा पूर्वको कालापानी क्षेत्रस्थित नेपाली भूमिमा नेपालीलाई नै प्रवेश रोक्न आग्रह गर्दै पत्र लेख्ने भारतीय अधिकारीहरुले अहिले कुरा फेरेका छन् ।

भारतको उत्तराखण्डस्थित धार्चुलाका सब–डिभिजनल मजिस्ट्रेट (एसडीएम) ले आफूले नेपाललाई कुनै पत्र नलेखेको भारतीय सञ्चारमाध्यमलाई बताएपछि चर्चा चुलिएको छ ।

तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने भारतीयहरुले कालापानी क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउनु भनी यसअघि पत्र पठाए पनि अहिले नेपालको जवाफपछि अप्ठेरोमा परेर कुरा फेर्न थालेको सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।

भारतीय पक्षले चिठी लेखेकै कारण दार्चुला जिल्लाले जवाफ पठाएको जानकारी दिँदै उहाँले नेपालले जवाफ पठाएपछि उनीहरु अफ्ठेरोमा परेको बताउनुभयो ।

भारतले अतिक्रमण गरिराखेको नेपाली भूमिमा नेपालीलाई नै प्रवेशमा रोक लगाउने गरी पत्राचार गरेपछि दार्चुलाका सहायक सीडीओले धार्चुलाको इलाका प्रशासनलाई नावी, कुटी र गुन्जी नेपालकै भएकाले नेपाली नागरिकलाई अवरोध नगर्न पत्र पठाउनुभएको थियो ।

त्यसअघि भारतको धार्चुलास्थित इलाका प्रशासन कार्यालयका अधिकारीले उक्त भुभागमा नेपालीहरु लुकिछिपी जाने गरेको भन्दै त्यस्ता गतिबिधिबारे सूचना दिन आग्रह गर्दै पत्राचार गरेको थियो ।

तर शुक्रबार एकाएक भारतीय सञ्चारमाध्यमले भारतको उत्तराखण्डस्थित धार्चुलाका सब–डिभिजनल मजिष्ट्रेटलाई उधृत गर्दै नेपाललाई त्यस्तो पत्र नलेखेको जनाएपछि नेपाली अधिकारीले भारतले पत्र लेखेको प्रष्ट गरेका हुन् ।

नेपाललाईं पत्र पठाउने धार्चुलाका एसडीएम अनिलकुमार शुक्लाले नै आफूले पत्र लखेको भन्ने खबर झूठो भएको दाबी गर्नुभएको छ ।

भारत धार्चुलाका अधिकारीले १४ जुलाईमा नेपाली अधिकारीलाई लेखेको पत्रको जवाफ नेपाली अधिकारीले भने १४ दिनपछि २८ जुलाई अर्थात् साउन १३ गते पठाएका थिए ।-इमेजखबरबाट

वि.सं.२०७७ साउन १६ शुक्रवार १५:०० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...