back
NMB ad

दिगो विकासमा युवा किशोर किशोरी सहभागीताको लागि सरोकारवालाको प्रतिवद्धता

Kumari bank ad

धादिङ । धादिङ जिल्ला थाक्रे गाउँपालिकामा २०१९ देखी सञ्चालित दिगो विकासका लागि युवा किशोर/किशोरी सहभागीता परियोजना अन्तर्गत विकासका स्थानिय सवालहरुमा सरोकारवाला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संस्थागत विकास सञ्जाल ललितपूर को साझेदारीमा वे्रड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोगमा चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज ले आयोजना गरेको एक दिने अन्तरक्रिया जिल्ला समन्वय समिति सदस्य उर्मिला रेग्मी वडा नः १ वडा अध्यक्ष ईन्द्र वहादुर थापा वडा नः २ वडा अध्यक्ष राजकुमार पौडेल, वडा नः ६ वडा अध्यक्ष पूर्ण वहादुर कार्की र वडा नः ११ वडा अध्यक्ष रवि प्रकाश ओझा, महिला सञ्जाल सदस्य एबं कार्यपालिका सदस्य रमिला विडारी, सञ्जाल सदस्य एबं न्यायिक समिति सदस्य रीता परियार, वडा सदस्यहरु मिना सुनार , सपना दर्जी लगाएत थाक्रे यूवा परिषदका संयोजक मधु सुदन रुपाखेती र हरि रिजालले सिड्स नेपालले समुदाय स्तरमा पहिचान भएका यूवाहरुको सवाललाई सम्बोधन गर्दै दिगो विकासका बिषयमा सचेतीकरण गर्ने अभियानमा सरोकारवालाई समेत संगै राखेर जानकारी गराएकोमा धन्यवाद दिदै समुदायमा सञ्चालन हुने पारिवारीक हिंसा न्यूनिकरणका विषयमा अभिभावक शिक्षा कार्यक्रम , क्षमता विकासका गतिबिधि साथै सामुदायिक शान्तिका लागि व्यवहार परिवर्तन यूवा दुत परिचालन, युवा समूहको परिचालन साथै बिभिन्न रचनात्मक क्रियाकलापले विकास प्रकृयामा योगदान पुग्ने भन्दै कार्यन्वयनलाई प्रभावकारी वनाउन आग्रह गर्नु भएको थियो ।

सस्थाले दिगो विकासका लागि यूवा किशोर किशोरी सहभागीता परियोजनावाट पालिका स्तरिय परिषद, वडा स्तरिय यूवा क्लव र नागरीक सम्वाद समूहको परिचालन गरी थाक्रे पालिकाको विकासमा समुदायको सहभागीता अभिबृद्धिमा योगदान पुग्ने सो अवशरमा सस्थाका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले वताउनु भएको थियो । कार्यक्रम २०२० डिसेम्वर सम्म दोस्रो चरणमा सञ्चालन हुने छ ।

वि.सं.२०७७ साउन १६ शुक्रवार २०:३२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...