काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो ।
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य १०४ रुपैयाँ डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य यथावत छ।
वि.सं.२०७७ साउन १७ शनिवार २१:१० मा प्रकाशित