back
NMB ad

कोरोना महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका १८ मुलुकमध्ये नेपाल पनि एक

Kumari bank ad

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच पनि नेपालको अर्थतन्त्रमा २.३ प्रतिशत आर्थिक वृद्धि हुनु सुखद भएको बताउनुभएको छ ।

मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुदआर्थिक वर्ष २०७५/०७६ मा २.३ प्रतिशतआर्थिक वृद्धि हासिल हुनु सरकारको उपलब्धी भएको उल्लेख गर्नुभयो ।

संसारका ठूला अर्थतन्त्रभएकामुलुकको अर्थतन्त्र समेत ऋणात्मक अवस्थामा पुगेका बेला नेपालको अर्थतन्त्रमा थोरै भएपनि वृद्धि हुनु धेरै सकारात्मक पक्ष रहेको उहाँको भनाइ थियो । मन्त्री पुनले कोभिड–१९ महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका १८ मुलुकमध्ये नेपाल पनि एक भएको चर्चा गर्नुभयो ।

ठूला अर्थतन्त्रभएका अमेरिका, युरोजोन तथा छिमेकी मुलुकहरु ऋणात्मक अर्थतन्त्रको शिकार भएका बेला सेमत नेपालमा आर्थिक वृद्धि हुनु चानचुने नभएको उहाँले बताउनुभयो । ‘कोभिड–१९ महामारीको चुनौतीपूर्ण अवस्थामा संसारका १८ मुलुकले मात्र आर्थिक वृद्धि गर्न सकेका छन्’, मन्त्रालयको तेश्रो चौमासिक र वार्षिक समीक्षा तथा विकास समस्या समाधान समिति बैठकमा आइतबार मन्त्री पुनले भन्नुभयो, ‘यस्तो अवस्थामा पनि २.३ प्रतिशत आर्थिक वृद्धि हुनु धेरै राम्रो हो । यो सरकारको सफलताहो ।’

मन्त्रीपुनले कोभिड–१९ महामारीकै बीचमा पनि आफ्नो मन्त्रालय अन्तर्गतका ठूला जलविद्युत र सिंचाइ आयोजनाका काम नरोकिएको भन्दै सन्तोष व्यक्त गर्नुभयो । उहाँले लकडाउन अवधिभर ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ठूला जलविद्युत आयोजना र भेरी–बबई डाइभर्सन तथा सिक्टा सिंचाइ आयोजनाका काम निरन्तर भएको उल्लेख गर्नुभयो ।

मन्त्रिपरिषदले आफ्नै प्रस्तावमा जलविद्युत सहित ठूला पूर्वाधार आयोजनाका कामलाई अत्यावश्यकमा राखेर निर्माणकार्य अगाडि बढाएको स्मरण मन्त्री पुनले गर्नुभयो । सोही कारण आर्थिक वर्ष २०७६र०७७मामन्त्रालयको वित्तिय प्रगति७२. ९१ प्रतिशत तथा भौतिकप्रगति–७४. ३२ प्रतिशतभएको उहाँले बताउनुभयो ।

‘लामो दूरीका सवारी साधन अझैसम्म चलेका छैनन् । आन्तरिक र हवाई उडान ठप्प छ । निर्माण सामग्रीहरुको ढुवानीमा सहजता छैन । कामदारहरुलाई सामाजिक दूरी कायम गरेर काममा लगाइएको छ’, मन्त्रीपुनले भन्नुभयो, ‘यस्तो चुनौतीपूर्ण अवस्थामा पनि यो तहको कार्य प्रगतिहुनु चानचुने होइन ।

राष्ट्रिय संकटको अवस्थामा समेत धेरै उत्कृष्ट कामगर्न मन्त्रालय सक्षमभएको छ ।’ उहाँले प्रधानमन्त्रीकार्यालयको मनिटरिङमापनिआफ्नो मन्त्रालयकाम धेरै गर्ने ठूला पूर्वाधार मन्त्रालयमध्ये एकरदुई नम्बरमै रहेको उल्लेख गर्नुभयो । मन्त्रीपुनले असामान्यअवस्थामा देखाएको स्पिरिटलाई सामान्य अवस्थामा कायम राख्दै चालु आर्थिक वर्षमा थप राम्रो काम गर्न मन्त्रालयका उच्चअधिकारी सहित विभिन्न आयोजना, कम्पनी र विभागीय प्रमुखहरुलाई निर्देशनदिनुभयो ।

मन्त्रीपुनले प्रदेश २, ३, गण्डकी र प्रदेश–५ यसै आर्थिक वर्षमा र कर्णाली र सुदूरपश्चिम आगामी आर्थिक वर्षभित्र र प्रदेश–१ मा आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

मन्त्री पुनले कुनै पनिबहानामा विकास आयोजनाका काम रोक्न नहुनेमा जोड दिँदै व्यवहारिक, कानूनी, नीतिगत वा जनस्तरबाट आउने समस्याका कारण आयोजनाका काम रोकिए तत्काल आफूलाई जानकारी गराउन निर्देशन दिनुभयो । ‘मन्त्रीलाई गलत होइन, सही रिपोर्टिङ गर्नुहोस्’, उहाँले भन्नुभयो, ‘कुनै पनि कारणले काम रोकिनु हुँदैन ।’

राजनीतिक नेतृत्वलाई समयमै समस्याबारे जानकारी नहुँदा ढिलाई हुने मात्र नभई आयोजनाको लागतसमेत बढ्ने मन्त्रीपुनको भनाइ छ । मन्त्री पुनले आर्थिक वर्ष २०७५ देखि २०८५ सम्मलाई ऊर्जा दशक घोषणा गरिएको स्मरण गर्दै उक्तअवधिमा जसरी पनि नेपालको कूलजलविद्युतउत्पादनक्षमता १५ हजार मेगावाट बनाउनैपर्ने स्पष्ट गर्नुभयो ।

लगानीकर्ता आकर्षित गर्ने, उनीहरुलाई सहुलियतदिनेदेखि नीतिगत सुधारका काम गर्नुपर्ने भए अहिल्यै भन्न निर्देशन दिँदै मन्त्रीपुनले रफ्तारमा काम अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । ‘१० वर्षमा १५ हजार विजुली उत्पादन हुनैपर्छ ।

नीतिगत रुपमा के सुधार गर्नुपर्ने हो । कसरी लगानी आकर्षित गर्ने हो । लगानीकर्तालाई कसरी राहत दिने हो । त्यो प्रस्ताव ल्याउनुस, म सहजीकरण गर्न तयार छु । जसरी पनि काम हुनुपर्छ । यसमा सबै गम्भीर हुनुस्’, मन्त्रीपुनले भन्नुभयो ।

वि.सं.२०७७ साउन १८ आइतवार १८:५८ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...