back
NMB ad

मलेसियामा कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि

Kumari bank ad

काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले त्यहाँ एक नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको पुष्टि गरेको छ।दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै पीडक र पीडीत दवै नेपाली भएको पुष्टि गरेको हो।

पीडीत नवलपरासीका इस्लाम हुसेन रहेको र पीडक कपिलवस्तुकै रामगोपाल मुराउ भएको दूतावासले जनाएको छ। केहीदिन अघि एकदमै अमानवीय निर्दयी तरिकाले एक सुरक्षा गार्ड कुटिएको भिडियो भाइरल भएको थियो। रिसले आगो जस्तै भएका एक व्यक्तिले सुरक्षा गार्डमाथि थप्पड र लाठ्ठीले बर्साईरहेको दृश्य भिडियोमा थियो।

उक्त अमानवीय भिडियो सार्वजनिक भएसँगै मानिसहरुले ती कुट्ने व्यक्तिलाई कारवाही हुनुपर्ने भन्दै भिडियो सेयर गरिरहेका थिए। उक्त भिडियो सार्वजनिक भएसँगै मलेसियास्थित नेपाली राजदूतावासले पनि सुरक्षा गार्ड नेपाली हुनसक्ने अनुमानमा स्थानीय प्रहरीलाई त्यस घटनाको सत्यतथ्य जाँचबुझ गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन अनुरोध गरेको थियो।

अनुसन्धानपछि दुवै जना नेपाली रहेको दूतावासले विज्ञप्तिमार्फत पुष्टि गरेको हो। मलेसियाको अध्यागमन कानुन अनुसार दुवैजना अवैधानिक अवस्थामा रहेको समेत दूतावासले जनाएको छ।

उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको दूतावासले जनाएको छ। कुट्ने व्यक्ति पीडीत सुरक्षा गार्डका सुपरभाइजर रहेको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

‘दुबै जनाले भिडियोमा देखिने व्यक्ति आफूहरु रहेको समेत स्वीकारी सकेका छन। पीडक राम गोपाल मुराउ सोमबार नै स्वेच्छाले प्रहरी समक्ष उपस्थित भएका छन। यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले गर्नेछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वि.सं.२०७७ साउन १९ सोमवार १४:४९ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...