back
NMB ad

लोकसेवादेखि त्रिवि सम्मका सबै परीक्षा नगर्ने निर्णय !

Kumari bank ad

काठमाडौं । कोरोना महामारीपछि जारी भएको लकडाउनमा रोकिएका लोकसेवा आयोगको परीक्षा तत्काल नहुने भएका छन् । आयोगले परीक्षाको तयारी थाले पनि कोरोना संक्रमित बढ्दै गएपछि तत्काल परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

सरकारले भदौ १ देखि लामोदूरीको यातायात सञ्चालनमा ल्याउने निर्णयसँगै आयोगले परीक्षाको लागि तयारी थाल्दै आएको थियो ।लोकसेवा आयोगका प्रवक्ता गीता कुमारी होमागाईंले परीक्षा लिने सहज परिस्थिति नभएकाले तत्काल लोकसेवाको परीक्षा नहुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आयोगले परीक्षाको विषयमा केही तयारी थालिरहेको थियो । नेपालमा दिनहुँ कोरोना संक्रमित भेटिएका छन् । यस्तो बेला परीक्षा गराउने परिस्थिति छैन । त्यसैले तत्काल परीक्षा हुँदैन ।’

उहाँले समय अनुकूल भएपछि मात्रै परीक्षा हुने उल्लेख गर्नुभयो । उनका अनुसार एक जिल्लामा मात्रै सिल भयो भने पनि आयोगको परीक्षा रोकिन्छ । त्यसैले सबै अवस्था अनुकूल भएपछि मात्रै परीक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । आयोगका अनुसार प्राविधिक,अप्राविधिक लगायतका सबै परीक्षा लकडाउनले स्थगित भएका छन् ।

यस्तै दबाब त्रिभुवन विश्वविद्यालयमाथि पनि परेको छ । तर त्रिविले यसबारेमा कुनै ठोस जानकारी दिएको छैन । भदौ तेस्रो सातादेखि त्रिविले आफ्ना रोकिएका परीक्षा सञ्चालन गर्ने जानकारी दिएको छ । तर कोरोना संक्रमणको अवस्था हेरेर तलमाथि हुनसक्ने पनि त्रिविको दावा छ । अहिले देशका धेरै जिल्लाहरुमा निशेधाज्ञा लगाइएको छ । यस्तो हातलमा विद्यार्थीलाई परीक्षा दिन गाह्रो पर्ने जानकारहरु बताउँछन् । -जनबोलीबाट

वि.सं.२०७७ साउन १९ सोमवार १५:२६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...