काठमाडौं । सोमबार शेयर बजार ७ दशमलव ५९ अंकले बढेको छ । अघिल्लो दिन (आइतबार) ४२ अंकले घटेको परिसूचक आज सामान्य अंकले सुधार आएको हो ।
कारोबार सुरु हुँदा १ हजार ३९६ अंकबाट सुरु भएको नेपाल स्टक एक्सचेन्ज नेप्से बन्द हुँदा १ हजार ४०३ अंकमा रह्यो। आज ७ अंकले बढेको नेप्सेमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको ५३ लाख कित्ता सेयर खरिद(बिक्री भएको छ
नेप्सेमा सुधार आए पनि आज जलविद्युत, फाइनान्स र म्यूचुअल फण्ड समूह घटेको छ । जलविद्युत ३ दशमलव ५५, फाइनान्स ० दशमलव ८४ र म्यूचुअल फण्ड ० दशमलव ०६ अंकले घटेको छ ।
त्यसबाहेकका अन्य समूहमा सुधार आएको छ । आज अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।
वि.सं.२०७७ साउन १९ सोमवार १५:३० मा प्रकाशित