back
NMB ad

निजी तथा सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली, लामो दुरीका सवारी भने सञ्चालन नहुने !

Kumari bank ad

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ ।

त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सहित स्वास्थ्यका विज्ञसँग मंगलबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दैछन् ।

सिसिएमसी बैठकमा संक्रमण बढ्दै गएपछिको वर्तमान अवस्थामा अति आवश्यक क्षेत्र बाहेकलाई बन्द गरेर निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लागू गर्ने विषयमा छलफल भइरहेको सिएमसीका एक सदस्यले बताए ।

प्रधानमन्त्री ओलीले संक्रमणको विस्तारपछिको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा स्वास्थ्य विज्ञसँग समेत मंगलबार नै छलफल गर्नेछन् । सोमबार उपत्यकामा मात्रै ५१ जनामा संक्रमण देखिएपछि प्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेका हुन् ।

‘संक्रमणको अवस्था बढ्दो क्रममा छ, समितिको बैठकमा अब अति आवश्यक बाहेकका क्षेत्रलाई बन्द गरेर निजी तथा सार्वजनिक दुवै सवारी साधनलाई जोर बिजोर लागू गराउनुपर्छ भन्ने सन्दर्भमा छलफल भएको छ । प्रधानमन्त्रीज्यूलाई मंगलबार बिफ्रिङ हुनेछ,’ सिसिएमसीका ती सदस्यले भने ।

सरकारले लकडाउनलाई खुकुलो गरेसँगै गत २६ असारबाट निजी सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली हटाइएको थियो । सरकारले १ भदौबाट लामो दुरीको सवारीसमेत सञ्चालन गर्ने निर्णय गरिसकेको छ । तर, जोखिम दिनदिनै बढ्दै जाँदा लामो दुरीका सवारी सुचारु गर्ने विषयमा समेत सरकार पछि हट्ने सम्भावना छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीले राजधानी बाहिरबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नसमेत सरकारलाई सुझाउँदै आइरहेका छन् । राजधानी दैनिकबाट

वि.सं.२०७७ साउन २० मंगलवार ०७:४३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...