back
NMB ad

भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी कडा लकडाउन (निर्णयसहित)

Kumari bank ad

जनकपुर । पछिल्लो समय समुदाय कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि सर्लाहीमा पनि निषेधाज्ञा घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार बिहान छ बजेदेखि लागु हुनेगरी साउन २७ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको बताए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम सर्लाही जिल्लाभर लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय, सर्लाहीले चार बुँदे आदेश जारी गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त बैठकबाट यो निर्णय गरिएको प्रजिअ पौडेलले बताए ।

औषधोपचार, खाद्यान्न वस्तु खरिद र पेट्रोलियम पदार्थ खरिद जस्ता अतिआवश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर ननिस्कन सार्वजनिक सूचना मार्फत निर्देशन दिइएको छ । त्यस्तै, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दूध तथा खाद्यान्न ढुवानी गर्ने सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले प्रयोग गर्ने बाहेक मोटरसाइकलसमेत कुनै सवारी साधन सडकमा ननिकाल्न र बिना कुनै काम पैदल समेत सडकमा नहिँड्न निर्देशन जारी गरिएको छ ।

‘अतिआवश्यक उपभोग्य सामग्री बिक्री गर्ने स्थायी प्रकृतिका पसल, इन्धन पसल, डिपो र औषधी पसल बाहेक दैनिक वा साप्ताहिक हाटबजार, मेला नलगाउने । आर्थिक, राजनैतिक, सामाजिक, आर्थिक र अन्य कुनै पनि रुपमा भेला, आमसभा, सभा, सम्मेलन भोजभतेर जस्ता समूहमा भेला हुने कार्य नगर्ने, नगराउने’ प्रजिअ पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि प्रदेश २ को राजधानी जनकपुरधाम उपमहानगरपालिका र टाँसिएरै रहेको क्षिरेश्वरनाथ नगरपालिका, पर्साको वीरगंज महानगरपालिका तथा सप्तरीको राजविराज नगरपालिकामा जारी गरिएको निषेधाज्ञा निरन्तर कायमै छ ।

वि.सं.२०७७ साउन २० मंगलवार १७:५६ मा प्रकाशित

You can share this post!

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...