back
NMB ad

५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण पुष्टि

Kumari bank ad

जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिकाका ५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाका ४८ जना कर्मचारीमध्ये २४ जना कर्मचारीमा कोराना पोजिटिभ देखिएको हो।

नगरपालिकाभित्र ५३ जनाको पीसीआर परीक्षण गर्दा ४८ मध्ये २४ जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए।

झाले भने, ‘नगरपालिका भित्रका कर्मचारीमध्ये एक जना कर्मचारी बिदामा घर जाँदा उनको स्वास्थ्यमा समस्या आएपछि विराटनगरमा चिकित्सकको सल्लाह अनुसार उनले पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो।

उनको रिपोर्ट पोजिटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङको अधारमा ५३ जनाको जलेश्वर नगरपालिका परिषर भित्रै स्वाब संकलन गरी पीसीआर परिक्षण गरिएको थियो, जसमध्ये ४८ जना नगरपालिकाका कर्मचारीहरु थिए।’

त्यसपछि सोमवार ५३ मध्ये ३० जनाको रिपोर्ट आयो जसमा १ जना नेपाली सेनाका र ३ जना सर्वसाधारणको रिपोर्ट नेगेटिभ आयो। अन्य २६ जनाको रिपोर्ट पोजिटिभ आएको छ। जसमा २४ जना नगरपालिकाका कर्मचारी, १ जना भंगहा नगरपालिकाका स्थानीय, १ जना लोहारपटि नगरपालिकाका स्थानीयको रिपोर्ट पोजेटिभ आएको झाले बताए।

यता जलेश्वरनाथ नगरपालिकाका मेयर राम शंकर मिश्रले नगरको अवस्था भयावह बन्दै गएको बताएका छन्।मेयर मिश्रले भने, ‘अहिले हामी विभिन्न व्यवस्थापनहरु मिलाइरहेका छौं।

संक्रमित कर्मचारीहरुको ट्रेसिङ गरिरहेका छौं र छिट्टै नै सबैको टेस्ट गराउँछौं। कोरोना संक्रमण देखिएका कर्मचारीहरुको कुनै ट्राभल हिस्ट्री छैन। तैपनि कसरी संक्रमित हुन पुगे भन्ने कुराको अनुसन्धान गर्दैछौं। यसबाट कोरोना भाइरस जलेश्वर नगरपालिकामा समुदायस्तरमा प्रवेश ग¥यो कि भन्ने शंका लागेको छ। हामीले जारी गरेको निषेधाज्ञा पुनः लम्ब्याउनुपर्ने अवस्था देखिएको छ।’यो समाचार पहिलो पोष्टबाट लिइएको हो ।

वि.सं.२०७७ साउन २० मंगलवार १९:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...