back
NMB ad

सडक कर उठाउने ढाट हटाउने तयारी

Kumari bank ad

काठमाडौं । सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ ।

सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी शुरू गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अन्त्य हुने भएको हो ।

सडक उपभोग दस्तुर संकलन गर्न प्रयोग गर्दै आएको ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली जडान गर्ने तयारी सडक बोर्ड नेपालले शुरू गरेको छ । सडक बोर्डले २०५२ सालदेखि ठेकेदारमार्फत सडकमा ढाट लगाएर दस्तुर उठाउँदै आएको छ ।

अहिले मुलुकका केही राजमार्गका विभिन्न ८ ठाउँमा ढाट लगाएर सडक दस्तुर संकलन हुँदै आएको छ । सडक मर्मत सम्भारका लागि उठाउँदै आएको सडक उपभोग दस्तुर उपभोगकर्ताले विना झन्झट सहज किसिमले भुक्तानी गर्न सकियोस् भन्ने उद्देश्यले ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली राख्न लागिएको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

वि.सं.२०७७ साउन २१ बुधवार ०८:०३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...